• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    कोरोनाबिरुद्ध लड्न नेपाल-चीनलगायत यी ६ देशबीच भयो यस्तो महत्वपूर्ण सहमति

    227
    SHARES

    काठमाडौँ । विश्वदभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस कोभिड-१९ संक्रमणको नियन्त्रणका लागि चीन–नेपाललगायत ६ देशबीच महत्त्वपूर्ण सहमति भएको छ। मंगलबार ६ देशका परराष्ट्रमन्त्रीबीच कोभिड-१९ बारे संयुक्त प्रतिक्रिया, कोभिड पछिको आर्थिक सुधारबारे अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहयोगबारे भिडियो कन्फरेन्समार्फत् विचार साझा गरेपश्चात् महत्त्वपूर्ण सहमति भएको हो ।

    उक्त भिडियो कन्फरेन्समा चीनका परराष्ट्रमन्त्री वाङ यी, नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अफगानिस्तानका कार्यवाहक परराष्ट्रमन्त्री मिर्वेस नाब, बंगलादेशका परराष्ट्रमन्त्री ए.के अब्दुल मोमेनका साथै पाकिस्तानका परराष्ट्रमन्त्री माख्दुम शाह महमुद कुरेसी तथा श्रीलङ्काका विदेशमन्त्री दिनेश गुनावार्डेनाको उपस्थिति रह्यो ।

    चीनले सहभागी देशका लागि निरन्तर स्वास्थ्य उपकरण र प्राविधिक सहयोग प्रदान गर्ने सहमति गरेको छ । ६ देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ विरुद्ध विश्वव्यापी सहयोगका लागि विश्व स्वास्थ्य संगठनको उचित भूमिकाका लागि आफ्नो दृढ समर्थन दोहोराउँदै भाइरसको उत्पत्तिबारे पत्ता लगाउनु विज्ञान र विश्वव्यापी मिसन भएको बताएका छन् ।

    उक्त कन्फरेन्समा परराष्ट्रमन्त्रीहरुले कोभिड–१९ लाई हराउनका लागि एक प्रमुख हतियारको रुपमा खोपलाई न्यायोचित ढङ्गले वितरित गर्नुपर्ने कुरामा आफ्नो सहमति व्यक्त गरे । उनीहरुले ‘भ्याक्सिन राष्ट्रवाद’ ले कोभिड–१९ लाई हराउने विश्वव्यापी प्रयासमा बाधा उत्पन्न गर्ने धारणा व्यक्त गरे ।

    विदेशमन्त्रीले यी चुनौतीलाई सम्बोधन गर्न चीनको प्रयासको सराहना गरे । चीनका राष्ट्रपति शी जिनपिङले खोपलाई विश्वका सबै जनताका लागि उपलब्ध हुनुपर्ने बताउने गर्छन् । चीनले राष्ट्रपतिको योे बयानमा अडिग भएर काम गर्ने बताएको छ । साथै, चीनले सहभागी देशसँग कोभिड–१९ खोपको सह–उत्पादनसहित लचिलो तरिकाले निरन्तर खोप सहयोग जारी राख्ने बताएको छ ।

    कन्फरेन्समा सहभागी परराष्ट्रमन्त्रीले बेल्ट एण्ड रोड सहयोगलाई थप बलियो बनाउने, महामारीको रोकथाम र सुचार व्यापारको नियन्त्रण अन्तर्गत आफ्ना सीमा खोल्न, औद्योगिक र आपूर्ति श्रृङ्खलालाई स्थिर र सुरक्षित राख्नका लागि सहमति व्यक्त गरे र आर्थिक सुधार र मानिसहरुको जीवनमा सुधारलाई बलियो बनाउनका लागि सहमत भए ।

    चीनले सहभागी देशको अर्थव्यवस्थामा कोभिड–१९ को प्रभावलाई कम गर्नका लागि सहयोग गर्ने कुरामा सहमति व्यक्त गरे । परराष्ट्रमन्त्रीहरुले अति नै जोखिममा रहेका व्यक्तिहरुलाई विशेष ध्यानमा राखेर जनताको जीविकाको रक्षा गर्न गरीबी न्यूनीकरण, खाद्य सुरक्षा र अन्य गैर परम्परागत सुरक्षा क्षेत्रहरुमा सहकार्य गर्ने कुरामा जोड दिए ।

    व्यावहारिक सहयोगलाई अघि बढाउन चीनले चीन–दक्षिण एशियाली देशहरुमा आपतकालीन आपूर्ति रिजर्व स्थापना गर्ने, यी देशहरुमा गरीबी उन्मूलन र सहकारी विकास केन्द्र स्थापना गर्ने र ग्रामीण क्षेत्रमा गरीबी उन्मूलनमा चीन–दक्षिण एशियाली देशको ई–कमर्स सहयोग फोरम आयोजित गर्ने बताएको छ । यसमा सहयोगी देशले समर्थन जताए ।

    यसका साथै, परराष्ट्रमन्त्रीहरुले भारतमा कोभिड–१९ को स्थितिलाई नजिकबाट नियालेर भारतसँगको परामर्सपछि आवश्यक सहयोग प्रदान गर्न इच्छा व्यक्त गरे ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ