• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गण्डकी राजनीति

    जनमोर्चाका सांसद शाहीले अस्पतालबाटै दिए यस्तो प्रतिक्रिया, गण्डकी प्रदेशमा तरङ्ग

    315
    SHARES

    काठमाडौं । बुधबारदेखि अचानक गायब भएको भनेर नेपाली मिडिया र समाजिक्स सञ्जालमा ब्यापक आलोचना खेपेका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमबिक्रम शाहीले अचानक विरामी भएर अस्पताल भर्ना भएको स्पष्टिकरण दिएका छन्।

    बिहिबार साझ एक प्रेस विज्ञप्ति जारी गर्दै सांसदले आफू अचानक विरामी भएको र अस्पताल लैजाने क्रममा बेहोस भएकोले बाहिर मिडियामा विभिन्न खाले भ्रामक समाचार सम्प्रेषण भएको समेत जनाएका छन् । उनले भनेका छन्,“ म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक विरामी भई मेरो आफ्नै भाईलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु । म अहिले उपचाररत छु ।”

    यस्तै शाहीले आफु पार्टीको निर्णयप्रति आफू प्रतिबद्ध रहेको भन्दै सरकारका बिरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने संकेत समेत गरेका छन् । राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो उनले उक्त निर्णयप्रति आफु प्रतिबद्ध रहेको जनाएका छन् ।

    शाहीले भनेका छन्,“अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरि दिनु हुन म सम्पूर्ण दाजुभाई दिदी बहिनी र मेरा शुभचिन्तकहरुमा प्रष्ट पार्न चाहान्छु साथै पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पाटी निर्णयप्रति प्रतिबद्वता कायमै छ ।”

    शाहीले अहिले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आएको महशुस गरेको र थप स्वस्थ भए पछि आफ्नोबारेमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट गर्ने बताएका छन् । शाही राष्ट्रिय जनमचाको तर्फबाट गण्डकी प्रदेश, बागलुङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा निर्वाचन क्षेत्र नं. ख बाट निर्वाचित प्रदेश सभाको सदस्य हुन् ।

    हिजो गण्डकी प्रदेश सरकार विरुद्व पेश भएको अविश्वासको प्रस्तावमा मतदानका क्रममा सम्पर्क विहिन भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । शाहीको एकै दिन कोरोना रिपोर्ट नेगेटिभ र पोजेटिभ आएको थियो । सुरुमा सरकारी अस्पतालको रिपोर्ट नेगेटिभ आएको थियो भने निजी अस्पतालमा गरेको परीक्षणमा कोरोना पोजेटिभ आएको थियो ।

    राष्ट्रिय जनमोर्चाले सरकारको विरुद्वमा आएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । जनमोर्चाका गण्डकी प्रदेशमा ३ सांसद छन् । एमालेको सरकार बचाउन ३१ मत चाहिन्छ । शाहीले मतदान गरे मात्रै गण्डकी प्रदेश सरकार ढल्छ । तर हिजो एकाएक बेपत्ता भएपछि हल्लिखल्ली भएको थियो । राष्ट्रिय जनमोर्चाले शाही नभेटिएसम्म सदन सञ्चालन नगर्न माग गरेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar[email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ