• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति विशेष

    कोरोना ह्वात्तै बढेपछि विप्लवले नेता-कार्यकर्तालाई दिए जनसेवामा जुट्न निर्देशन, विज्ञप्तिसहित

    234
    SHARES

    काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि नेकपाका महासचिव विप्लवले कोरोना महामारीविरुद्ध जनसेवामा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

    बिहीबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले सरकारलाई महामारीसँग जुध्न सामाजिक परिचालन अभियानका रूपमा स्वयमसेवकहरु परिचालन गर्न सुझाव दिँदै यसप्रकारको सामाजिक अभियान सञ्चालन गर्ने अवस्थामा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको पनि अवगत गराएका छन् ।

    ‘हाम्रो पार्टीका सम्पूर्ण समितिहरू, विभित्र स्तरका नेता तथा कार्यकर्ताहरू, बुद्धिजीवी, चिकित्सक, स्वास्थ्यकर्मी र जनसमुदायमा समेत सरकारको मात्र भर नपरी कोरोना महामारीसँग जुध्न होसियारीपूर्वक सामाजिक स्तरमा स्वयम्सेवकका रूपमा परिचालित हुन र महामारी नियन्त्रणमा सहयोग गर्नुहुन केन्द्रीय समिति अपिल गर्दछ ।’महासचिव विप्लवले प्रेस विज्ञप्तिमा भनेका छन् ।

    यसप्रकारको समस्या समाधान गर्न सरकारले मुख्यतः भारतलगायत विदेशबाट नेपाल प्रवेश गर्ने आप्रवासीहरू नियन्त्रण गर्ने, आएकाहरूलाई एकान्तबासमा राख्ने व्यवस्था गर्ने र बिरामी परेका सबैको उपचार गर्ने विषयमा ध्यान दिनु आवश्यक रहेकाे उनको भनाइ छ ।

    ‘यसप्रकारको समस्या समाधान गर्न सरकारले मुख्यतः भारतलगायत विदेशबाट नेपाल प्रवेश गर्ने आप्रवासीहरू नियन्त्रण गर्ने, आएकाहरूलाई एकान्तबासमा राख्ने व्यवस्था गर्ने र बिरामी परेका सबैको उपचार गर्ने विषयमा ध्यान दिनु आवश्यक हुन्छ ।’ बिज्ञप्तिमा भनिएको छ ।

    यसप्रकारको महामारीसँग जुध्न सरकारले स्वयमसेवकहरु परिचालन गर्ने व्यवस्था गर्नु आवश्यक रहेको बिज्ञप्तिमा उल्लेख छ । ‘यसप्रकारको महामारीसँग जुध्न सामाजिक परिचालन अभियानका रूपमा सरकारले स्वयम्सेवकहरू परिचालन गर्ने व्यवस्था गर्नु आवश्यक हुन्छ । यसप्रकारको सामाजिक अभियान सञ्चालन गर्ने अवस्थामा हाम्रो पार्टी सहयोग गर्न तयार रहेको पनि अवगत गराउन चाहन्छु ।’ बिज्ञप्तिमा भनिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ