• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update लुम्बिनी समाचार

    आधा घण्टाको अन्तरमा रुपन्देहीमा ३ कोरोना संक्रमितको मृत्यु

    180
    SHARES

    बुटवल । आधा घण्टाको अन्तरालमा रुपन्देहीका थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।

    बुटवल–११ का ३१ वर्षीय पुरुषको बिहान साढे २ बजे, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान पौने ३ बजे र मायादेवीकी ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताए ।

    बुटवल–११ का पुरुषमा वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएपछि र सोही दिन अस्पताल भर्ना गरिएको थियो । बुटवल–१४ का पुरुषमा वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पनि सोही दिन अस्पताल भर्ना भएका थिए ।

    यसैगरी मायादेवीकी महिलामा वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएकामा ११ गते अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १८४ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ