• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update बागमती समाचार

    एकैदिन ४५२४ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

    295
    SHARES

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४३६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

    १४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

    २४ घण्टामा थप १८ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १९४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

    यस्तै कोरोना संक्रमणको बढ्दो अवस्थाले उत्पन्न परिस्थितिको सामना गर्ने योजना बनाउन सरकरालाई संसद अन्तर्गतको महिला तथा सामाजिक समितिले निर्देशन दिएको छ ।

    प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका कारण आगामी दिनमा देखिने चुनौतीको पूर्व आँकलन गरी तयारीका काम समयमा नै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको हो ।

    समितिले आगामी दिनमा देखिन सक्ने चुनौतीहरुलाई पूर्व आँकलन गरी कार्य सम्पादन गर्न, गराउन समिति गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

    त्यस्तै निषेधाज्ञा एवं बन्दाबन्दीको क्रममा महिला, बालबालिका, जेष्ठ नागरिक, फरक रुपले सवल एवम् लैंगिक अल्पसंख्यकहरु माथि हुनसक्ने हिंसा न्यूनीकरण, नियन्त्रणमा पूर्व तयारी गर्न पनि निर्देशन दिएको समिति सभापति निरु देवी पालले जानकारी दिइन ।

    बैठकले विभिन्न वर्गमैत्री क्वारेन्टीनको प्रबन्ध समयमा नै मिलाउन पनि निर्देशन दिएको सभापति पालले जानकारी दिइन । कोरोनाको खोप अन्य केही देशमा समेत नपुगेको अवस्थामा नेपालमा उपलव्ध हुनु सकारात्मक भएको भन्दै पालले आगामी दिनमा यसको सर्वसुलभतामा पनि सरकारले ध्यान दिने विश्वास व्यक्त गरेकी छन् ।

    बैठकमा कर्णाली प्रदेशमा गरिएको महिला, बालबालिका, जेष्ठ नागरिक, पिछडिएको वर्ग र अपाङ्गता सम्बन्धी विद्यमान अवस्था र सम्बन्धित कानूनको कार्यान्वयनको अवस्थाको अध्ययन भ्रमणका बारेमा छलफल भएको थियो ।

    अर्को बैठकमा उक्त भ्रमण प्रतिवेदनमाथि छलफल हुने समिति सभापति पालले जानकारी दिइन । वैशाख ८ देखि १२ सम्म समितिको ९ सदस्यीय टोलीले अध्ययन भ्रमण गरेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ