• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समिति बैठक जारी

    1.1K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी छ । सरकारसँग तीनबुँदे सहमति र पार्टी प्रतिबन्ध फुकुवा भएपछि नेकपाको यो पहिलो बैठक हो । बैठक बिहीबारदेखि कपिलवस्तुमा जारी रहेको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ ।

    सरकारले जेल र हिरासतमा बन्दी बनाएका नेता–कार्यकर्ताको रिहाइ र झूट्टा मुद्दा खारेजीको सहमति गरे पनि पार्टीका केन्द्रीय नेता सुदर्शन, वीरजङ्ग, रणवीर, माइला, आदर्शलगायत डेढ सय नेता–कार्यकर्ता अझै जेलमै रहेकाले यी नेताको अनुपस्थितिमै केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकले पार्टीको आगामी समग्र योजना निर्माण गर्ने बताइएको छ ।

    सरकारसँग तीनबुँदे सहमतिलगत्तै सम्पूर्ण नेता–कार्यकर्ता रिहा हुने अपेक्षा गरिए पनि हस्ताक्षर समारोहका दिन छुटेका केन्द्रीय नेताहरु धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र ओमप्रकाश पुनबाहेकका अन्य नेता–कार्यकर्ता सहमतिका करिब दुई महिनासम्म पनि जेलमै छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया