• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष

    नेपाली जनताको हातमा अझै सत्ता आएको छैन भन्दै गर्जिए विप्लव, कसलाई के भने ? हेर्नुहोस विज्ञप्तिसहित

    4.1K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली जनता सामान्तवादलाई समाप्त गर्न सफल भएपनि सत्ता हातमा नआएको बताएका छन् । कम्युनिस्ट पार्टी स्थापना दिवसको अबसरमा विज्ञप्ति जारी गरेर नेपालको सत्ता दलाल पुँजीवादी वर्गको हातमा रहेको तर संकट र असफलताले सत्ता परिवर्तन गर्न र वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने असाधारण परिस्थिति तयार भएको बताएका छन् ।

    “आज नेपाली जनताका सामन्तवादलाई समाप्त गर्न सफल भएका छन् तर सत्ता जनताको हातमा आएको छैन, दलाल पुँजीवादी वर्गको हातमा छ । तर, दलाल पुँजीवादी सत्ताको संकट एवं असफलताले यो सत्तालाई परिवर्तन गर्न र वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्न असाधारण परिस्थिति तयार भएको छ” विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    नेकपाको प्रमुख उद्देश्य नेपालको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थालाई आमूल परिवर्तन गरेर देशमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु रहेको विप्लवले उल्लेख गरेका छन् । आफ्नो पार्टीले देशमा व्याप्त भ्रष्टाचार, करछली, तस्करी, महंगी, राष्ट्रघातका विरुद्ध इमान्दारीतापूर्वक संघर्ष गरेको बताउँदै राज्य र नेकपाबीच अनेकौं दमन र प्रतिरोध श्रंखलाहरुले चलेको बताए । उनले आफ्नो पार्टी र राज्यका बीचमा वार्ता भई ३ बुँदे सहमति घोषणा भएको बताए ।

    महासचिव विप्लवले नेकपामाथिको प्रतिबन्ध हटेको तर अझै पनि पार्टीका नेता कार्यकर्ताहरु जेलमा बन्दी बनाइएको, मुद्धाहरु खारेज भइनसकेको उल्लेख गरेका छन् । सरकार र नेकपाबीचको सहमतिलाई बिथोलेर पारेर धमिलो पानीमा माछा मार्नै चाहेको बताउँदै विप्लवले सहमतिलाई इमान्दारीपूर्वक छिटोभन्दा छिटो लागु पर्ने जिम्मा आएको बताए ।

    त्यसैगरी विप्लवले देशलाई युगान्तकारी निकास चाहिएको बताउँदै सबै वामपन्थी, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी एवं कम्युनिस्ट शक्तिहरुलाई एकतावद्ध हुन र संसदीय व्यवस्थाको स्थानमा जनताको चाहनालाई प्रतिनिधित्व गर्नसक्ने वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्ने दिशमा निर्भीकतापूर्वक अगाडि बढ्न अपील समेत गरेका छन् ।

    ‘पार्टी स्थापना दिवस एवम् महान् नेता लेनिनको १५२ औँ जन्मदिन हो । सर्वप्रथम हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी पार्टी स्थापना दिवस एवम् लेनिन दिवसको सुखद अवसरमा सबै नागरिकहरूमा सगर्व शुभकामना व्यक्त गर्दछ । साथै कम्युनिस्ट पार्टी स्थापना गरेर नेपाली जनताको मुक्ति एवम् स्वाधीनताको चाहनालाई नेतृत्व दिने संस्थापक महासचिव कमरेड पुष्पलालसहित चारजना संस्थापक कमरेडहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ ।

    कमरेड पुष्पलालले पार्टी स्थापनाका क्रममा नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्रमा पार्टीको उद्देश्य उल्लेख गर्दै लेख्नुभएको छ, ‘वर्तमान सामन्तवादी प्रथा र नेपालमा फैलिएको साम्राज्यवादी तथा पुँजीवादी शोषणको जुवालार्ई सफाचट गर्ने बाटो हो, …अतः नेपाली जनताले आखिरी साससम्म जनताको जनतन्त्र र समाजवादका निम्ति लड्नु पर्दछ ।’ आज नेपाली जनता सामन्तवादलाई समाप्त गर्न सफल भएका छन् तर सत्ता जनताको हातमा आएको छैन, दलाल पुँजीवादी वर्र्गको हातमा छ । तर दलाल पुँजीवादी सत्ताको सङ्कट एवम् असफलताले यो सत्तालाई परिवर्तन गर्न र वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने असाधारण परिस्थिति तयार भएको छ ।

    हाम्रो पार्टीले आफ्नो पुनर्गठनको समयमा नै बताएको थियो– नेपाल कम्युनिस्ट पार्टीको प्रमुख उद्देश्य नेपालको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थालाई आमूल परिवर्तन गरेर देशमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु हुनेछ । हामीले देशमा व्याप्त भ्रष्टाचार, करछली, तस्करी, महँगी, राष्ट्रघातका विरुद्ध इमानदारीपूर्वक सङ्घर्ष गर्यौँ । राज्य र नेकपाका बीचमा अनेकौँ दमन र प्रतिरोधका शृङ्खलाहरू चले । यस बेला हाम्रो पार्टी र राज्यका बीचमा वार्ता भई ३ बँुदे सहमति घोषणा भएको छ । पार्टीमाथिको प्रतिबन्ध हटेको छ तर अझै पनि हाम्रा सयौँजना कमरेडहरू जेलमा बन्दी हुनुहुन्छ । मुद्दाहरू खारेज भइसकेका छैनन् । कैयौँ तत्वहरूले यो सहमतिलाई बिथोलेर वा असफल पारेर धमिलो पानीमा माछा मार्न चाहेको पनि देखिँदैछ । यस्तो बेला सहमतिलाई इमानदारीपूर्वक छिटोभन्दा छिटो लागू गर्ने जिम्मा हामीमाथि छ । आशा छ हामी ३ बुँदेलाई लागू गर्दै देशका राजनीतिक, आर्थिक, सांस्कृतिक, राष्ट्रियताका विषयमा गहन विमर्श गर्न र उचित निकास निकाल्न सफल हुनेछौँ ।

    ‘देशलाई युगान्तकारी निकास चाहिएको यो परिस्थितिमा हामी सबै वामपन्थी, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी एवम् कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध हुन र यो संसदीय व्यवस्थाको स्थानमा जनताको चाहनालाई प्रतिनिधित्व गर्नसक्ने वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्ने दिशामा निर्भीकतापूर्वक अगाडि बढ्न विशेष अपिल गर्दछौँ ।’ बिज्ञप्तिमा भनिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ