• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    नेपालले मलेसियालाई दियो २१८ रनको विशाल लक्ष्य

    104
    SHARES

    काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत लिगको अन्तिम खेलमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ।करण केसीले आक्रामक ब्याटिङ गर्दै १३ बलमै ४५ रन बनाएपछि २१८ रनको विशाल लक्ष्य दिएको छ ।

    त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको हो। टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो ।

    करन केसीले सानदार ब्याटिङको मद्दतमा नेपालले त्रिकोणात्मक टी-ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा मलेसियालाई २ सय १८ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनाएको छ ।

    नेपालले टि ट्वान्टीमा बनाएको यो दोस्रो सर्वाधिक रन हो । १३ औं सागमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । सातौं नम्बर ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छक्काको मद्दतमा ४५ रन बनाएपछि नेपालले दोस्रो खेलमा २ सय रनको आँकडा पार गरेको थियो।

    डेब्यूसहित अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।

    तर १२ औं ओभरमा दुवै खेलाडी आउट भएका थिए । अनवर रहमानेले पहिलो बलमा ज्ञानेन्द्रलाई मोहम्मद वाफिकबाट क्याच आउट गराए भने पाँचौं बलमा आसिफलाई एलबिडब्यू आउट गराए ।

    २५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए । ३२ बल खेल्दै आसिफले ३ छक्का र त्यत्तिनै चौकामा ४२ रन जोडे । कुशलले १२ बलमा २ छक्का साथ १६ रन बनाएका थिए ।

    उनी वाफिकको बलमा सैयद अजिजबाट क्याच भएका थिए । दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाएका थिए । विनोद भण्डारी भने ८ रन मा आउट भए । कुशलले १९ रन जोडे ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ