• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एमाले कार्यालयमा तनाव

    251
    SHARES

    नुवाकोट । नेकपा एमाले भित्रको विवादका कारण नुवाकोट पार्टी कार्यालयमा तनाव भएको छ । माधवकुमार नेपाल समूहका नेताहरुले बोलाएको बैठक अर्को समूहले रोक्न खोजेपछि तनाव बढेको हो ।

    केपी शर्मा ओली पक्षले पार्टी कार्यालयमा बैठक नराख्न भन्दै ताला लगाएको थियो । तर, माधव समूहले ताला फुटाएर बैठक शुरु गरेका थिए । यसपछि पार्टी कार्यालयमा सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । ‘एमाले केन्द्रकै विवाद यहाँ देखियो । सुरक्षाका लागि प्रहरी पठाइएको छ’, उनले भने ।

    नुवाकोटमा माधव नेपाल समूहको बहुमत छ । जिल्ला पार्टी अध्यक्ष एवम् सांसद नारायण खतिवडा माधव समूहकै नेता हुन् । उनकै नेतृत्वमा त्यहाँ केहीबेर बैठक समेत बस्यो ।

    तर, प्रहरीले बैठक रोक्न दबाव दिए पछि भने उनीहरु कार्यालयबाट बाहिरिएका छन् । प्रहरीले बैठक नराख्न दबाव बढाए पछि यो समूहका नेता तथा कार्यकर्ता आक्रोशित बनेका छन् ।

    प्रहरीले भने कार्यालय भित्र चलिरहँदा अर्को समूहले कार्यालय घेराउ गर्न थालेकाले बैठक रोक्न आग्रह गरेको बताएको छ । ‘बैठकमा घेराबन्दी गर्न थालिए पछि दुवै पक्षलाई छलफल गरेर आउनु भनेको नुवाकोट प्रहरीले जनाएको छ ।

    त्यस्तै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले पार्टीविरुद्ध गतिविधि गरिरहेका नेताहरूलाई सङ्केत गर्दै अहिलेसम्मको गल्ती महसुस गरेर पार्टीमा फर्किए काम गर्ने अवसर दिइने बताएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज बिहान बल्खुस्थित मदननगरमा नेकपा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै हिँड्नेहरूलाई आफूहरूले कुनै कारबाही नगरेको र पार्टीभित्र समानान्तर गतिविधि गर्नेहरूलाई सम्झाइ बुझाइ गरेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको बताए ।

    सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन व्यक्तिगत रुपमा नेताहरूसँग छलफल भइरहेको जानकारी दिँदै उनले पार्टीविरुद्ध गुट उपगुट चलाउने अनुशासनहीन र अराजकतासँग समूहगतरुपमा कुनै संवाद र सम्झौता नगर्ने स्पष्ट पारे ।

    प्रधानमन्त्री ओलीले पार्टी कब्जा गर्ने र कम्युनिस्ट आन्दोलन कमजोर बनाउँदै माटोमा मिलाउन खोज्नेहरू असफल भइसकेको बताउँदै उनले देशको सामाजिक प्रबन्ध गर्दै मुलुकको नेतृत्व गर्न सक्ने पार्टी नेकपा एमाले नै रहेको बताए ।

    आफूले देश निर्माणको अभिभारा छोडेर मुलुकलाई अलपत्र नपार्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अगाडि बढाउन अब पनि नेकपा एमालेकै कुशल नेतृत्व रहने बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ