• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा वैद्यले दिए यस्तो प्रतिक्रिया, ओली-प्रचण्डलाई के भने ?

    199
    SHARES

    काठमाडौँ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले केपी ओली नेतृत्वको सरकारले कम्युनिस्टको नाममा कम्युनिस्टहरुकै बदनाम गरिराखेको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसमा विज्ञप्ति जारी गर्दै उनले कम्युनिस्ट पार्टीको सरकार भएकै बेला नेपालमाथि साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप बढेर गएको आरोप लगाएका हुन् ।

    विज्ञप्तिमा उनले भनेका छन्, ‘ अहिले नेपालमा नामधारी कम्युनिस्ट पार्टीकोे सरकार छ । तर विडम्बना, यही नै बेला नेपालमाथि साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप बढेर गएको छ ।

    नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाललाई हस्तगत गर्नेबारे ओली सरकारले भारतसँग कुटनैतिक प्रयास समेत गरेको छैन भने अर्कोतिर एमसीसी परियोजनालाई संसदबाट अनुमोदन गराई नेपालमा अमेरिकाको सैन्य अखडा स्थापना गर्न र नेपाललाई वैदेशिक शक्ति केन्द्रहरुको रणमैदान गराउन यो सरकार उद्दत् रहेको छ ।’

    नवउदारवादको सिरानी हालेर तयार पारिएको साम्राज्यवादी आर्थिक नीति र त्यसैले प्रक्षेपण गरेको “सुखी नेपाली र समृद्ध नेपाल”को नारा फोस्रो गफ बन्न गएको छ ।  भ्रष्टाचारको सीमा छैन र सरकारका हस्तीहरू नै यसमा संलग्न रहेका छन् । सरकार कोभिड–१९को नियन्त्रणमा समेत उदासीन रहँदै आएको छ । वस्तुतः सरकारले कम्युनिस्टको नाममा कम्युनिस्टहरुकै बदनाम गरिराखेको कुरा स्पष्ट छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    वर्तमान सङ्कट संसदीय व्यवस्थाका पक्षपाती सबै राजनीतिक पार्टीहरु, स्वयम् प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थाको असफलताको स्वाभाविक परिणाम भएको किरणको ठहर छ ।

    यो सङ्कट यति नै बेला विष्फोट हुनुमा माक्र्सवादको नाममा दक्षिणपन्थी संशोधनवादको अभ्यास गर्ने नक्कली कम्युनिस्टहरुको प्रतिक्रियावादी सार र त्यसैका कारण पैदा भएको सुविधा केन्द्रित अन्तर–कलहको भूमिका रहन गएको उनको जिकिर छ ।

    ‘नाटकीय रुपमा एमाले र माकेका बीच कथित एकता गरी नेकपा (नेकपा)को निर्माण, त्यसमा पैदा भएको पदीय भागबन्डाको झगडा तथा फुट, आपसी गालीगलौज र पछिल्लो विघटनको समग्र प्रक्रियाले नेपालमा दक्षिणपन्थी संशोधनवाद पूर्णतः असफल भएको पुष्टि हुन्छ,’ उनले भनेका छन् । फेरि पनि केपी ओली, माधव नेपाल र पिके दाहालहरुले कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने र एकले अर्कोलाई देखाइदिने धम्की दिँदै हिँडेका छन् ।

    यो उनीहरुको आत्मसन्तुष्टि मात्र हो,’ उनले भनेका छन्, ‘त्यसमाथि, साम्राज्यवाद र विस्तारवादका असली सेवकहरुले कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने र देश र जनताको मुक्ति गर्ने जुन कुरा गर्दै हिँडेका छन् त्यो जनतालाई पुनः धोका दिने र देश लुट्ने बाहेक अरु केही होइन । यो कम्युनिस्टको माया गर्ने जनतालाई भ्रममा पार्ने चालबाजी हो ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ