• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    चिनियां राजदूतलाई लक्षित गरी शक्तिशाली वि’स्फोट, चार जनाको मृत्यु, कसले लियो घटनाको जिम्मा ?

    320
    SHARES

    काठमाडौँ । पाकिस्तानको क्वेटास्थिति एक होटलमा चिनियाँ राजदूत लक्षित गरी भएको ब’म वि’स्फोटमा कम्तीमा चार जना मारिएका छन् । अन्य ११ जना घाइते भएका छन्।

    सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त वि’स्फोट पाकिस्तानस्थित चिनियाँ राजदूत नोन रङलाई लक्षित गरिएको आशङ्का गरिएको बीबीसीले जनाएको छ।

    उनी अफगानिस्तानको सिमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेका थिए । तर वि’स्फोटका बेला उनी घटनास्थलमा थिएनन् । घटनाको जिम्मेवारी पाकिस्तानी तालिबानले लिएको छ।

    यता चिनियाँ राष्ट्रपति सी चिनफिङले केही देशले मात्र वैश्विक नियम बनाउन नसक्ने बताएका छन् । उनले केही देशले मात्रै बनाएको नियम जबरजस्ती पालना गराउन खोज्ने कोशिश भए कसैलाई पनि फाइदा नपुग्ने बताएका छन् ।

    बोआओ फोरमलाई मंगलबार सम्बोधन गर्दै सीले एक वा दुई राष्ट्र मात्र मिलेर वैश्विक नियम बनाउन हुने बताए । फोरमको बैठकमा एसियाली मुलुकका अधिकांश कार्यकारी प्रमुखहरु सहभागी थिए।

    अमेरिकाको नाम नलिइकन सीले निशाना साँधेको बीबीसीमा उल्लेख छ। उनले विश्व अब एक–दुई देशले तय गरेको नियमअनुसार चल्न नसक्ने बताएका हुन्। सबैलाई न्याय मिल्नुको सट्टा अहिले निश्चित शक्तिहरुले बोलवाला चाहेको तथा जवाफदेही नभएको सीले दाबी गरे।

    अमेरिका र पश्चिमा राष्ट्रबाट कटुतापूर्ण व्यवहार झेलिरहँदा पनि विश्व महाशक्ति बन्ने यात्रामा रहेको चीनका राष्ट्रपतिको यो अभिव्यक्तिलाई महत्वका साथ हेरिएको छ ।

    राष्ट्रपति सीले भनेका छन्, ‘संयुक्त शक्ति र एउटा महामारीले विश्वलाई अस्थिर गराइदिएको छ, यी दुवै झट्ट हेर्दा देखिँदैन। बहु-ध्रुवीय शक्ति समीकरणमा कुनै मौलिक परिवर्तन देखिएको छैन, आर्थिक वैश्वीकरण केही उदार भएको छ। अब हामी बहु-ध्रुवीय विश्वतर्फ अघि बढ्न जरुरी छ। संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तरराष्ट्रिय व्यवस्था मात्रै सबैलाई मान्य हुनसक्छ।’

    यसअघि जनवरीमा सी जिनपिङले विश्व आर्थिक मञ्चमै अमेरिकी नेतृत्वलाई टुक्रे गुट संज्ञा दिएका थिए। चीनले अहिलेहाल जापान, अष्ट्रेलिया, भारत र अमेरिका संलग्न क्वाड गठबन्धनप्रति असन्तुष्टि जनाइरहेको छ।

    उता कोभिड–१९ उपचारका लागि तोकिएको भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन चुहावटका कारण आपूर्तिमा समस्या आउँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

    मुम्बईबाट करिब २०० किलोमिटर उत्तरमा रहेको डा.जाकिर हुसैन अस्पतालमा अक्सिजन चुहावटका कारण भेन्टिलेटरमा रहेका विरामीलाई अक्सिजन आपूर्तिको गम्भीर अभावले यो त्रासदीपूर्ण घटना भएको हो । नासिकमा रहेको उक्त अस्पताललाई अक्सिजन आपूर्तिका लागि राखिएको ट्याङ्करमा करिब आधा घण्टा चुहावट भएको जनाइएको छ ।

    यसै कारण अस्पतालमा अक्सिजनको अभाव हुँदा विरामीको मृत्यु भएको स्थानीय अधिकारी सूरज मन्धारेले सञ्चारकर्मीहरूसँगको कुराकानीमा बुधबार बताए । उक्त समस्याका कारण करिब ६० गम्भीर विरामीको स्वास्थ्यमा प्रभाव परेको बताइएको छ ।

    घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत् एक सन्देश लेख्दै भनेका छन्, “भारतको कोभिड–१९ बाट प्रकोपको केन्द्रबिन्दु महाराष्ट्र राज्यमा भएको अक्सिजन चुहावटपछि विरामीको मृत्यु भएको भनिएको घटना हृदयविदारक त्रुटी हो ।’

    राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन अघि बढाइने बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ