• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एकाबिहानै काठमाडौँ उपत्यकामा पानी पर्यो

    167
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकासहितका स्थानमा पानी परिरहेको छ । स्थानीय र पश्चिमी वायुको प्रभावले गण्डकी, बागमती र प्रदेश २ मा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    काठमाडौं उपत्यकामा पानी पर्ने क्रम केही घण्टापछि रोकिने अनुमान छ । विहान पौने छ बजे गरिएको मापनअनुसार काठमाडौंमा १.८ मिलिमिटर पानी परेको छ । ‘पश्चिमी वायुको सिस्टमको मुभमेन्ट छिटो छ र यो पूर्वउत्तरतिर सरिरहेकाले केहीबेरमै पानी पर्ने क्रम रोकिन्छ,’ मौसमविद प्रतिभा मानन्धरले भनिन् ।

    मौसमविदक अनुसार आज दिनभर देशैभर बादल लाग्ने र पानी पर्ने क्रम चल्ने सम्भावना छ । पश्चिम क्षेत्रमा भने भोलि पनि मौसम बदलीसँगै वर्षाको पनि सम्भावना छ । अहिले प्रिमनसुन अवधि भएकाले केही स्थानमा हावाहुरी र चट्याङ् समेत पर्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

    बिहीबार देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ।

    शुक्रबार ​ देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

    शनिबार देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश , सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ