• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    पार्टी फुटको संघारमा पुगेका बेला ओली र माधव नेपालबीच भेटवार्ता

    235
    SHARES

    काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि भेटवार्ता भएको छ।उनीहरुबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।

    एमाले फुटको संघारमा पुगेका बेला अध्यक्ष ओली र नेता नेपाल बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टी एकता जोगाउने विषयमा वार्ता केन्द्रित रहेको बताइएको छ।

    ओलीले नेपालसहित २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टीको विवाद थप उत्कर्षमा पुगेको छ । गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उनीहरूबीच संवाद हुन सकेको थिएन ।

    यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ