• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    एकाएक बालुवाटार किन पुगे योगेश भट्टराई ?

    204
    SHARES

    काठमाडौं । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव नेपाल पक्षका नेता योगेश भट्टराई एकाएक बालुवाटार पुगेका छन् । नेता भट्टराई बुधबार दिउँसो प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भेट्न  बालुवाटार पुगेका हुन् । असन्तुष्ट पक्षसँग समूहगत नभई व्यक्तिगत भेट गर्ने प्रधानमन्त्रीको नीति अनुसार नै भट्टराईले भेटेको स्रोतको भनाइ छ।

    ‘प्रधानमन्त्रीले सबैसँग छलफल गरिरहनुभएको छ। यो बीचमा थुप्रै नेता तथा सांसदसँग छलफल भएको छ। एउटै पार्टीमा बसेर देउवा र प्रचण्डसँग सरकार ढाल्न भेट गर्नेसँग प्रधानमन्त्रीले संवाद गर्नु हुँदैन,’प्रधानमन्त्री निकट स्रोतका अनुसार आफूलाई ठूला भन्ने नेताहरूको लहलहैमा लागेकालाई भने प्रधानमन्त्रीले सम्झाइरहनुभएको छ।’

    प्रधानमन्त्री निकट स्रोतको दाबी अनुसार सांसद एवम् पार्टी नेता गोकर्ण विष्ट समेत नेपाल पक्षसँग असन्तुष्ट छन्। ‘गोकर्ण विष्ट अहिले उतै हुनुहुन्छ। तर उहाँले गुटगत भेलामा सहभागी नहुने भनेर प्रधानमन्त्रीलाई भन्नुभएको छ,’प्रधानमन्त्री निकट स्रोतले भन्यो,’त्यही भएर उहाँलाई स्पष्टीकरण नसोधिएको हुनसक्छ।’ प्रधानमन्त्री ओलीले नेपाल समूहका २७ नेतालाई बुधबार स्पष्टीकरण सोधे पनि विष्टलाई सोधेका थिएनन्।

    यस्तै नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकताको आह्वान गर्दै अपिल जारी गर्ने भएको छ । बुधबार दिउँसो बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले भोलि अपिल जारी गर्ने निर्णय गरेको हो । ‘पार्टी स्थापना दिवसको अवसर पारेर भोलि एकताको आह्वानसहित अपिल जारी गर्छौं,’ एक नेताले भने ।

    उनका अनुसार पार्टीभित्रको विवाद कसरी र कसको कारणले सिर्जना भयो भन्ने पनि अपिलमा उल्लेख गरिनेछ । बैठकले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको प्रतिवादसहित जवाफ बिहीबार नै दिने निर्णय पनि गरेको छ ।

    एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले मंगलबार मात्र माधव नेपाल समूहका २७ सांसदलाई सांसद सांसद पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधेका थिए । राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद पदबाट हटाउन खोजेको भन्दै नेपाल समूह सर्वोच्च अदालत पनि गएको छ ।

    नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको नेत्री पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार अब प्रचण्डले ओली सरकारलाई दिँदै आएको समर्थन कुनैपनि बेला गर्न सक्नेछन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ