• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    भारतमा एकैदिन झन्डै ३ लाखमा कोरोना संक्रमण, हजारौँको मृत्यु

    322
    SHARES

    काठमाडौँ । भारतमा मंगलबार एकैदिन झन्डै ३ लाख मानिसमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार भारतभरि २ लाख ९४ हजार २ सय ९१ मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

    भारतमा पहिलो लहर सबैभन्दा धेरै दैनिक संक्रमण ९८ हजारमात्र थियो। संसारमा कुनै पनि मुलुकमा एकैदिन यति धेरै संक्रमित थपिएको यो दोस्रो घटना हो। यसअघि संयुक्त राज्य अमेरिकामा गत जनवरी ८ मा एकैदिन ३ लाख ७ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको थियो।

    भारतमा संक्रमितको संख्या थपिएसँगै दैनिक मृत्यु हुनेको संख्यामा पनि नयाँ रेकर्ड बनेको छ। मंगलबार एकैदिन भारतभर २ हजार २१ जना संक्रमितले ज्यान गुमाएका छन्। कोरोनाभाइरस फैलिन थालेपछि भारतमा दैनिक यति धेरै संक्रमितको मृत्यु भएको यो पहिलो पटक हो।

    भारतमा अहिले १ सय जनालाई परीक्षण गर्दा १९ जनामा कोरोना पोजेटिभ देखिने गरेको छ। महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तरप्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ।

    यसैबीच मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको महामारी रोक्न लकडाउन अन्तिम अस्त्र भएकाले लकडाउन हुन नदिने अरू उपायहरू अपनाउनु पर्ने बताएका थिए।

    उनले नागरिकहरूलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका थिए। भारतमा अहिलेसम्म १ करोड ५६ लाख मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख ८२ हजार संक्रमितको ज्यान गएको छ ।

    त्यस्तै भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आफूलाई सङ्क्रमण पुष्टि भएपछि विपक्षी नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

    उनले आफ्नो ट्वीटर पेजमा भनेका छन्, “सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा मेरो निकटमा आउनुभएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला ।” यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

    गान्धीले पछिल्लो केही समयदेखि कोरोना महामारीकाबीच केरला, पश्चिम बंगाल, आसाम, तामिलनाडुलगायतका क्षेत्रमा चुनावी र्‍यालीहरुमा सहभागी भएका थिए । उनले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी र्‍यालीहरूलाई दुई दिन पहिले स्थगित गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ