• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ओली सरकारले बल्ल दियो यस्तो कडा निर्देशन, जारी भयो सूचना

    1K
    SHARES

    काठमाडौँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो कोरोना भाइरस संक्रमणसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणमा पर्न गएको कठिनाइप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीहरुको उपचार व्यवस्थापन तथा रिफर सम्बन्धमा पर्न गएको असुविधाका विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।

    ‘कुनै पनि अस्पतालमा आइपुगेका बिरामीहरुको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पताल पठाउनुपर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितको समन्वय गरेर मात्र पठाउनु हुन सबै अस्पतालहरुलाई निर्देशन गरिन्छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १६६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

    ८ हजार ५५ जनाको पीसीआर र ६८३ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए । यसैगरी काठमाडौँ ५५०, ललितपुर १०५ र भक्तपुरमा ३५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

    योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ । यसैगरी २४ घण्टामा २५१ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ ।

    निको हुनेको दर ९५.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १०२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

    यस्तै यता काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सूचना जारी गरेको छ।सुरक्षा मापदण्ड अपनाउन भन्दै प्रशासन कार्यालयले १३ बुँदामा सूचना जारी गरेको हो।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो।सोही पत्र अनुसार प्रशासन कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन, सवारीसाधनमा सिट क्षमताभन्दा बढी नराख्न, यात्रुबाहक सवारीसाधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन अनुरोध गरिएको छ। प्रशासन कार्यालय तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी समेत दिएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ