• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे मावोवादी केन्द्रले के गर्यो निर्णय ?

    332
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहिबेर अघि मात्रै सकिएको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा बसेको स्थायी समिति बैठकले आज पनि सरकारलाई दिँदै आएको फिर्ता लिनेबारे कुनै निर्णय भएन ।

    माओवादी बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे छलफल गर्दै आएपनि निर्णय भने गर्न नसकेको हो ।
    बैठकपछि नेता देवेन्द्र पौडेलले सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि कुनै निर्णय नभएको बताए ।

    यस्तै माओवादी केन्द्रले चुनाव घोषणा हुने, तर नहुने अवस्था आउनसक्ने चिन्ता व्यक्त गरेको छ । त्यसलाई टार्न वर्तमान सरकारलाई हटाएर नयाँ सरकार गठन गर्न दलहरुसँग भएको छलफल सकारात्मक रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

    बैठकमा दलहरुसँग भएको छलफलबारे ब्रिफिङ गर्दै प्रचण्डले भने, ‘के गर्ने भन्ने एक/दुई दिनभित्र टुंगोमा पुग्छ । कांग्रेस र जनता समाजवादी पार्टीसँगको समझदारीकै आधारमा कदम चालिरहेको भन्दै उनले भने, ‘हामी देशमा राजनीतिक अन्यौलको स्थित सिर्जना नहोस्, संविधान र लोकतन्त्रमाथि खतरा उत्पन्न हुने गरी चुनाव घोषणा हुने तर चुनाव चाहिँ नहुने स्थिति नहोस् भनेर सुविचारित रुपमा कदम चाल्ने पक्षमा छौं ।’

    आफूहरुको चाहना पुनर्स्थापित संसद पूरा कार्यकाल चलोस् र लोकतान्त्रिक अभ्यास अगाडि बढाउने सरकार बनोस् भन्ने भएको उनले बताए । तर चुनावदेखि नडाराएको उनले दाबी गरे । ‘संवैधानिक निर्वाचन हुन्छ भने त्यो निर्वाचनको सामना गर्न तयार छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘चुनावको घोषणा हुने, तर चुनाव नगर्ने हो कि भन्ने खतरा छ । त्यो दिशातिर देशलाई धकेल्न चाहँदैनौं ।’

    माओवादी स्थायी कमिटीको बैठकले हठात प्रतिनिधिसभा (संसद)को अधिवेशन अन्त्य गरेको भन्दै भर्त्सना गरेको छ । संसद बैठकको मिति निर्धारण भइसकेको अवस्थामा हठात संसद अधिवेशन अन्त्य गर्नु अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदमको अभिव्यक्ति भएको प्रवक्ता श्रेष्ठले बताए ।

    त्यस्तै यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हितवपरीत काम गरेको भन्दै २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् । पाँच बुँदे स्पष्टीकरणमा ओलीले सोधेका छन्, ‘तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारबाही नगर्ने ? र तपाईंलाई संघीय संसदको पदबाट किन नहटाउने ? आधार कारणसहित दुई दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन गर्दछु ।’

    त्यस्तै ओलीले पार्टी बैठकका निर्णयका बारेमा भ्रम सिर्जना गरी पार्टीको विधान र निर्देशन विपरीत नयाँ राजनीतिक दल दर्ता गर्नु अघिको संगठनात्मक आधार तयार गर्न भेला आयोजना गर्दै हिड्नुको कारण पनि सोधेका छन् ।

    उनले चैत ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गर्नुको कारण पनि सोधेका छन् । ओलीले पत्रमा यस्ता गतिविधि अझै कायम रहे जुनसुकै बेला थप कारबाही हुनसक्ने चेतावनी पनि दिएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ