• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई कोरोना संक्रमण पुष्टि, के छ अवस्था ?

    128
    SHARES

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएका शाह दम्पतीमा कोरोना पुष्टि भएको हो ।

    उनीहरुले स्वदेश फर्किएपछि कोरोना संक्रमण परीक्षण गराएका थिए । परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम पनि शुरू भएको छ । यसअघि सोही कुम्भ मेलामा सहभागी भएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

    उता आइतबार र सोमबार नियमित कक्षा चलाएको बाग्लुङ बलेवाको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनामा मंगलबार मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बागलुङले उक्त विद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पष्टि भएको कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

    पुष्टि भएकालाई घरघरमै सुरक्षित रहन भनिएको छ । तर उनीहरु सँगै पढेका अन्य विद्यार्थी बिदा मनाउन कता पुगेका छन् भन्ने विद्यालयमा जानकारी छैन । संक्रमणको जोखिम उच्च छ भनेर स्वास्थ्य मन्त्रालयले भनेपनि विद्यालय बन्द गर्ने नगरपालिकाले निर्णय गरेको छैन ।

    मन्त्रिपरिषद्को निर्णयले समेत यहाँ भन्ने सम्बोधन नगरेको भन्दै विद्यालय खोल्ने निष्कर्षमा पुगेको नगर शिक्षा अधिकारी डण्डपाणी शर्माले बताए । संक्रमण बढेपछि अभिभावकले विद्यालय बन्द गर्नुपर्ने माग गरेका छन् ।

    बिरामीमा कोरोना पुष्टि भएपछि अस्पतालको सेवा बन्द

    उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको हो ।

    सङ्क्रमणपछि ती महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिए ।

    अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने मेसु डा. यादवले बताए ।

    सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आवतजावत हुने सम्पूर्ण नाकामा कडाइ गर्न सशस्त्र प्रहरी बल नेपालका साथै नेपाल प्रहरीलाई समेत निर्देशन दिइसकेको बताए । हाल सिरहामा एक महिलासहित सात जना सक्रिय कोरोना सङ्क्रमित रहेको बताइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ