• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    २७ सांसदलाई अध्यक्ष ओलीको प्रश्न- तपाईंलाई सांसद पदबाट किन नहटाउने ?

    166
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हितवपरीत काम गरेको भन्दै २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् । पाँच बुँदे स्पष्टीकरणमा ओलीले सोधेका छन्, ‘तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारबाही नगर्ने ? र तपाईंलाई संघीय संसदको पदबाट किन नहटाउने ? आधार कारणसहित दुई दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन गर्दछु ।’

    त्यस्तै ओलीले पार्टी बैठकका निर्णयका बारेमा भ्रम सिर्जना गरी पार्टीको विधान र निर्देशन विपरीत नयाँ राजनीतिक दल दर्ता गर्नु अघिको संगठनात्मक आधार तयार गर्न भेला आयोजना गर्दै हिड्नुको कारण पनि सोधेका छन् ।

    उनले चैत ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गर्नुको कारण पनि सोधेका छन् । ओलीले पत्रमा यस्ता गतिविधि अझै कायम रहे जुनसुकै बेला थप कारबाही हुनसक्ने चेतावनी पनि दिएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ