• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    नेदरल्याण्डसंग नेपालले टस जितेर ब्याटिंग गर्दै, को-को परे अन्तिम-११ मा

    135
    SHARES

    काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ। त्रिवी क्रिकेट मैदानमा मंगलबार नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले टोलीमा भने कुनै परिवर्तन गरेको छैन । मलेसियाविरुद्धको खेललाईनै निरन्तरता दिएको छ ।

    नेदरल्यान्ड्समाथि जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा छ। सिरिजको दुबै खेल जितेको नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्डलाई नै ९ विकेटले हराएको थियो। दोस्रो खेलमा हिजो मलेसियालाई पनि समान ९ विकेटले हरायो।

    मंगलबारदेखि त्रिवि मैदानमा दर्शकलाई प्रवेश निषेध गरिएको छ। सरकारले कोरोना भाइरसका कारण रंगशालामा दर्शकसहितको खेल गराउन प्रतिबन्ध लगाएपछि नेपालले आफ्नो तेस्रो खेल दर्शकबिना खेल्नु पर्ने भएको हो।

    यसअघि तीन वटा खेलमा भने दर्शकलाई प्रवेश दिइएको थियो। नेदरल्यान्ड्सले भने मलेसियलाई १५ रनले पराजित गरेको थियो। सिरिजमा नेपालले लिगको अन्तिम खेल पर्सी बिहीबार खेल्नेछ। सिरिजमा शीर्ष दुई टिमबीच आगामी शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ