• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

    373
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए ।

    उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ । करिव २ साता लामो तीर्थयात्रा सकेर स्वदेश आएका पूर्वराजा ज्ञानेन्द्र शाह केही समय होम क्वारेन्टीनमा बस्ने बताएका थिए ।

    उनी प्रत्येक १२ वर्षमा एकचोटी लाग्ने महाकुम्भ भेलामा सहभागी भएर बैशाख ५ गते स्वदेश फर्केका हुन् । दुई महिनासम्म चल्ने उक्त मेलाको एउटा मुहूर्तमा एकैदिन ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए। उक्त दिन पूर्वराजा ज्ञानेन्द्रले पनि शाही स्नान गरेका थिए ।

    त्यहाँ पूर्व राजालाई हिन्दू सम्राटका रुपमा निक्कै भव्य ढंगले स्वागत आतिथ्य र विदाई गरिएको थियो । त्यहा उनले बिशेष अतिथिका रुपमा सम्वोधन पनि गरेका थिए ।

    विमानस्थलमा राजालाई स्वागत गर्नको हजारौंको संख्यामा मानिसहरु उपस्थित भएपछि प्रहरीलाई भिड व्यवस्थापन गर्नको लागि हम्मेहम्मे परेको थियो । राजालाई स्वागत गर्नको लागि विमानस्थलमा स-साना बालबालिकाहरुलाई विना मास्क लगिएको थियो ।

    नेपालमा कोरोनाविरूद्धको दोस्रो डोज खोप आजदेखि लगाइँदै

    नेपालमा आजदेखि कोभिड-१९ को दोस्रो मात्राको खोप लगाइँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन लागिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

    उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले आजदेखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन् । पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो ।

    कसले कहिले लगाउने ?

    विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउनका लागि भनेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ