• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय विज्ञान-प्रविधि

    नासाका वैज्ञानिकले पृथ्वीबाट यसरी उडाए मंगल ग्रहमा हेलिकप्टर, फोटो र भिडियोसहित

    251
    SHARES

    एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकले पहिलो पटक एक ग्रहबाट नियन्त्रण गरेर अर्को ग्रहमा उडान गरेका छन्। नासाले पठाएको अन्तरिक्ष यान पर्सिभरेन्सले लिएर गएको हेलिकप्टरले सोमबार पहिलो पटक मंगल ग्रहमा उडान गरेको हो।

    नासाका अनुसार इन्जेन्युटी नामको उक्त हेलिकप्टरले ३९ सेकेन्ड उडान भरेको थियो भने १० फिटको उचाइसम्म पुगेको थियो। उडान क्षेत्रबाट २ सय फिट पर रहेको पर्सिभरेन्सको क्यामेराले इन्जेन्युटीको उडानको भिडिओ कैद गरेको थियो।

    राइट दाजुभाइले पृथ्वीमा पहिलो पटक उडान गरेको ११७ वर्षपछि अर्को ग्रहमा उडान सफल भएपछि नासाका वैज्ञानिकहरूमा खुसियाली छाएको थियो। ‘अब हामी भन्न सक्छौं मानव जातिले अर्को ग्रहमा उडान गरिसक्यो,’ इन्जेन्युटीकी प्रोजेक्ट म्यानेजर मिमी आङले भनिन्।

    १.८ किलोग्राम तौल भएको हेलिकप्टर गत फेब्रुअरी १८ मा मंगल ग्रहको सतहमा अवतरण भएको अन्तरिक्ष यान पर्सिभरेन्सको रोभरभित्र थियो। पर्सिभरेन्सले केही दिनअघिमात्रै इन्जेन्युटी हेलिकप्टरको उडानपछि अवतरण हुने ठाउँमा उसलाई जोगाउन चाहिने सामान राखिसकेको थियो।

    मंगल ग्रहमा हेलिकप्टर उडाउनु पृथ्वीको उडानभन्दा निकै कठिन छ। मंगल ग्रहमा पृथ्वीको एक तिहाइ जति गुरूत्व बल छ तर वायु मण्डलको घनत्व पृथ्वीको सतहको घनत्वको १ प्रतिशतमात्र छ। दिउँसो मंगल ग्रहले पृथ्वीमा आउने सूर्यको तापभन्दा आधामात्र ताप पाउँछ राति भने यहाँको तापक्रम माइनस ९० डिग्री सेल्सियससम्म पुग्न सक्छ। जुन तापक्रमले सुरक्षा कवज नभएका इलेक्ट्रिक सामानलाई खराब बनाइदिन सक्छ।

    नासाका वैज्ञानिकहरूले इन्जेन्युटीको उडानसँगै रोभरको सुरक्षाबिना उसले मंगल ग्रहको सतहमा बिताउने रात पनि निकै चुनौतीपूर्ण हुने बताएका थिए। तर रोभरबाट निस्किएको कैयौं दिनसम्म पनि इन्जेन्युटी सतहमा बाँचेको थियो।

    उडानअघि इन्जेन्युटीलाई १०/१० मिटरको एयरफिल्डको बीचमा राखिएको थियो। अर्को ग्रहमा पहिलो पटक यस्तो उडान गर्न लागेका वैज्ञानिकहरूलाई यो प्रक्रिया पछाडि फर्किने विकल्प थिएन। रोभरबाट हेलिकप्टर मंगल ग्रहको सतहमा छोड्न नै ६ दिन ४ घन्टा लागेको थियो। पहिलो उडान सफल भएपछि वैज्ञानिकहरूले मंगल ग्रहमा अरू पनि उडान गर्नेछन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ