• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    मालीमा दुइ पक्षबीच झडप, ४० जनाको मृत्यु

    295
    SHARES

    बामा (एएफपी) । मालीमा द्वन्द्वरत दुइ पक्षबीच झडप हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । लामो समयदेखि द्वन्द्वरत दुइ पक्ष जिहादी र परम्परागत शिकारीहरुका बीचमा झडप हुँदा उनीहरुको मृत्यु भएको हो ।

    देशको मध्यभागमा पर्ने मोप्ती क्षेत्रमा घटना भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । घटनाका कारण स्थानीय झण्डै एक हजार मानिस विस्थापित भएका छन् । हिं’सात्मक घटनाले स्थानिय बासिन्दा त्रसित र आतङ्कित भएको पाइएको छ ।

    दुई पक्षका एक एक जनाबाट सुरु भएको विवाद बढ्दै गएर हिं’सात्मक रूप लिएपछि झण्डै ४० जनाको मृत्यु भएको हो । मालिमा जिहादी विद्रोही र परम्परागत सिकारीहरुका बीचमा बेला बेलामा यस्ता हिं’सात्मक घटना हुदै आएका छन् ।

    यसैबीच इरानमा चिनियाँ कम्पनीहरुले क्रिप्टोकरेन्सी बिटकोइन उत्पादन सञ्चालन गरिरहेका कारण विद्युतीय सेवा अवरुद्ध हुने गरेको छ । चिनियाँहरुले इरानमा बिटकोइन कम्पनीहरु चलाईरहेका कारण स्थानीय क्षेत्रमा ठूलो मात्रामा विद्युतीय सेवा अवरुद्ध भएको हो ।

    यहि कारण इरानमा चिनियाँ बिरोधी मनोभावना पैदा भएको बताईएको छ । बिटकोइन कम्पनीहरु सञ्चालनमा ठूलो मात्रामा विद्युत खपत हुने गरेका कारण इरानमा दर्जनौं शहरहरुमा गत जनवरीदेखि विद्युत सेवा अवरुद्ध भएको इरानी उर्जामन्त्री रेजा अर्देकानिएनले बताएका छन् ।

    इरानमा सञ्चालित क्रिप्टोकरेन्सी बिटकोइन उत्पादनहरु चिनियाँ कम्पनीहरुको रहेका फ्रान्सको टेलिभिजन फ्रान्स–२४ ले जनाएको छ । यद्यपि, इरानमा चिनियाँ कम्पनीहरुले बिटकोइन उत्पादन गोप्य राख्ने प्रयास गर्दै आएका छन् । चिनियाँ बिटकोइन कम्पनी आर्एच्वाईले इरानमा आफ्नो गतिबिधि गोप्य राख्ने मनसायले इरानलाई मध्यपूर्व भनेर उल्लेख गर्ने गरेको छ ।

    बिटकोइन उत्पादनका लागि चिनियाँ कम्पनीहरुले इरानलाई महत्वपूर्ण क्षेत्र मान्दै आएका छन् । बिटकोइन उत्पादनका लागि चिनियाँ कम्पनीहरुले इरानमा लगानी बिस्तार गरिरहे पनि ठूलो मात्रामा विद्युत खपत हुने र चिनियाँ बिरोधी मनोभावना वृद्धिको समस्या भोगिरहेको छ । इकोनोमिक टाईम्स

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ