• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

    1.3K
    SHARES

    काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । भेटमा सरकारसँग भएको तीन बुँदे समझदारीअनुसार बन्दीको रिहाइ नभएको प्रति विप्लवले गुनासो गरेका छन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री र विप्लवबीच पहिले भएका सहमति कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए ।

    विप्लवले वार्तामा भएका सहमति कार्यान्वयनका बारेमा चासो राखेका थिए । प्रधानमन्त्री ओलीले सरकारले यथाशक्य छिटो बन्दी रिहाइको तयारी गरेको र मुद्दा खारेजी हुने जानकारी दिएका थिए ।

    देशको पछिल्लो राजनीतिक घटनाक्रम डरलाग्दो ढंगले अघि बढेको र यसलाई सही मार्गमा ल्याउन अग्रगामी र दीर्घकालीन समाधान खोज्ने विषयमा समेत सहमति भएको छ ।

    हिजो मात्रै प्रधानमन्त्री ओली र वार्ता टोलीका प्रमुख तथा प्रवक्ता प्रकाण्डबीच छलफल भएको थियो । प्रधानमन्त्री ओलीसँगको भेटमा आज मात्रै पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई पनि सहभागी थिए भने नेकपाका तर्फबाट महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया