• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खानपिन जीवनशैली

    सुत्नुअघि हरेक दिन एक गिलास तातोपानी र ल्वाङ खाँदा हुन्छ यस्तो फाइदा

    1.2K
    SHARES

    काठमाडाैँ । ल्वाङ नेपाली भान्सामा प्रयोग हुने मसला हो । यसले खानेकुराको स्वाद बढाउने काम गर्छ । साथै, यसले खानाको पौष्टिकतामा समेत वृद्धि गर्छ । यसमा आयुर्वेदिक गुण पनि हुने भएकाले यसलाई घरेलु औषधिको रुपमा पनि प्रयोग गर्ने गरिन्छ ।

    यसको नियमित सेवनले पेटको विभिन्न समस्याहरु कम गर्छ । दाँतको दुखाईमा समेत यसले फाइदा पुर्याउँछ । यसमा भिटामिन सी, भिटामिन ई, भिटामिन डी, भिटामिन ए, थियामिन, फोलेट, ओमेगा ३ फ्याटी एसिड जस्ता पौषिक तत्वहरु पाइन्छन् ।

    राति सुत्नुअघि दुई वटा ल्वाङलाई तातोपानीमा मिसाएर खाँदा शरीरमा अन्य फाइदाहरु समेत पुर्याउने चिकित्सकहरु बताउँछन् । राति सुत्नुअघि तातोपानीमा दुई वटा ल्वाङ राखेर खाँदा कब्जियत, पखाला, एसिडिटी जस्ता समस्याहरु कम हुँदै जान्छ । भने, पाचन प्रक्रियामा समेत फाइदा पुग्छ ।

    राति सुत्नुअघि तातोपानीमा ल्वाङ हालेर पिउँदा दाँत दुख्ने समस्यामा कमि आउँछ । घाँटीको समस्यामा भएको समयमा तातोपानीमा ल्वाङ हालेर पिउनुपर्छ । हात र गोडा काँप्ने समस्याबाट पीडित भएका व्यक्तिहरुका लागि १ वा २ वटा ल्वाङको नियमित सेवन गर्ने गर्नुपर्छ । एजेन्सी

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया