• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रहरीको ‘इन्काउन्टर’मा परे ‘टीके’ डन, ९ गोली चलेपछि ठाउँको ठाउँ ढले

    14.7K
    SHARES

    चितवन ।काठमाडौँबाट भागेर चितवन पुगेका डाका तथा कथित “टिके डन” टिका बहादुर थापा प्रहरीको इन्काउन्टरमा परेका छन्। एकसाताअघि काठमाडौँको डिल्लीबजार कारागारबाट भागेका “टिके डन”लाई प्रहरीले चितवनको रामनगरमा इन्काउन्टर गरेको छ ।

    प्रहरीकाअनुसार चेकिङ्गमा बसेको प्रहरीमाथि उनले २ राउण्ड गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गर्नुपरेको हो । मुडभेडमा परेको दावी प्रहरीले गरेको छ। लामोसमयसम्म चोरी डकैती तथा लुटपाटमा संलग्न रहेका थापा ‘टिके डन’ का रुपमा चर्चामा आएका थिए।

    डिल्लीबजार कारागारबाट भागेका उनको खोजीमा रहेको प्रहरीले उनलाई पछ्याइरहेका बेला शनिबार चितवनको रामनगरमा उनीसँग मुडभेड भएको जिल्ला प्रहारी कार्यालय चितवनले जनाएको छ ।

    प्रहरी प्रमुख एसपी दीपक थापाका अनुसार ‘टीके’ आफै मोटर साइकल चलाएर रामनगरबाट नारागणगढतर्फ जाँदै गर्दा उनीसंग मुठभेड भएको हो। ना ४७ प ५०५२ नम्बरको मोटरसाइकलमा सवार टीकेले चेकिङ गर्दै गरेको प्रहरीलाई देखेपछि भाग्न खोज्दा उनीमाथि गोली प्रहार गरिएको प्रहरी स्रोतको भनाई छ ।

    प्रहरीले दिएको जानकारी अनुसार टीकेको तर्फबाट २ र प्रहरीको तर्फबाट ९ राउण्ड गोली चलेको थियो । प्रहरीको २ वटा गोली लागेपछि टिके ठाउँको ठाउ ढलेका थिए ।

    गोली लागेका उनलाई अहिले अस्पतालमा राखिएको छ भने उनीसंगै मोटरसाइकलमा सवार एक अर्का व्यक्ति भागिसकेका छन्। उनको खोजी भइरहेको प्रहरीले बताएको छ । चोरी तथा डकैतीमा संलग्न उनलाई २ वर्षअघि अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो।

    त्यसयता डिल्ली बजार कारागारमा रहँदै आएका उनी ४ माघ मध्यरातमा फलामे जाली काटेर भागेका थिए।  २०७३ पुसमा कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघर तर्फ जाँदै गरेकी मन्दिरा अधिकारीको ६ लाख नगद लुटेपछि महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पुस २६ गते नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो।

    चोरी मुद्दामा सजाय भोगिरहेका उनी एकहप्ता अगाडि काठमाडौंको डिल्लीबजार कारागारको काँडेतार काटेर फरार भएका थिए ।

    पछिल्लो चार वर्षको अवधिमा कुख्यात डाँकादेखि लिएर भारतीय अन्डरवर्ल्डसम्ममा पुहँच बनाएका गुन्डा नाइकेसम्म प्रहरी इन्काउन्टरमा परेका छन् । प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका गुन्डादेखि लिएर कारागारबाट भागेका डाँकासम्मलाई प्रहरीले इन्काउन्टर गरेको हो ।

    दिनेश अधिकारी ‘चरी’:  चरीको नाममा चर्चित गुन्डा नाइके दिनेश अधिकारी २१ साउन ०७१ मा प्रहरी इन्काउन्टरमा मारिएका हुन् । महानगरीय प्रहरीको अपराध महाशाखाको प्रहरीसँग टोलीसँग काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा दोहोरो फायरिङ भएको थियो । सोही क्रममा डन अधिकारी मारिए ।

    मोटरसाइकलमा भागिरहेको अवस्थामा चरीले फायरिङ गर्न थालेपछि प्रहरीले पनि गोली चलाएको दाबी गरिएको थियो । प्रहरीको ८ राउण्ड गोली लागेर चरी सडक किनारमा ढलेसँगै उनको अपराध यात्रा पनि समाप्त भयो ।

    धादिङमा ठेक्कापट्टाबाट आपराधिक यात्रा सुरु गरेका गरेका चरी प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा थिए । उनी धादिङ क्षेत्र नं. १ को एमालेको उपाध्यक्ष समेत बनेका थिए । उनलाई अहिलेका प्रधानमन्त्री केपी ओलीको संरक्षण रहेको चर्चा गरिन्थ्यो । त्यसै कारण उनी चर्चाको शिखरमा थिए ।

    चरीले बालाजु र नयाँबजार क्षेत्रलाई अपराधको केन्द्र बनाएका थिए । उनीमाथि व्यापारीहरुबाट जबरजस्ती रकम असुली, ठेक्कापट्टामा हस्तक्षेप, गैंडाको खाग तस्करीलगायतमा संलग्न रहेको आरोप लागेको थियो ।

    कुमार श्रेष्ठ ‘घैंटे’: गुन्डा नाइके चरी मारिएको एक वर्षपछि ३ भदौ ०७३ मा अर्का गुन्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटे मारिए । काठमाडौंको सामाखुसीमा रहेको आफ्नो घर नजिकै प्रहरीसँगको मुठभेडमा उनी मारिएका थिए ।

    त्यहाँको कपुरधारास्थित व्रिटिश क्याप पछाडि सादा पोशाकमा रहेका प्रहरी र उनको समूहबीच भिडन्त हुँदा घैंटे गम्भीर घाइते भए । र, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा उनको मृत्यु भयो ।

    सर्च अभियानमा रहेका सादा पोशाकका प्रहरीले घैंटेसँग सोधपुछ गर्दा उनको समूहले गोली चलाएको प्रहरीको दाबी थियो । सोही क्रममा जवाफी फायरिङ हुँदा घैंटे मारिएको प्रहरीको दाबी थियो ।

    कुमार घैंटे मारिएको स्थान
    घटनामा असई बालकृष्ण सन्जेल, रन्जित लामा र प्रहरी जवान हेमन्त चौधरीसमेत घाइते भए । ०६० सालताका घैंटे र चरी एउटै समूहमा थिए । तर, यी दुई गुन्डा नाइकेको मित्रता धेरै लामो समयसम्म टिकेन । ०६३ सालमा उनीहरु अलग भएका थिए ।

    चन्दा असुलीसहितका विभिन्न घटनामा संलग्न भएको आरोपमा उनी पनि प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए । उनले भूकम्प पीडितलाई सहयोग गर्ने भनेर राहत सङ्कलन गरी आफैंले त्यो पैसा खाएको आरोप समेत लागेको थियो ।

    जसवन्त राई: काठमाडौंको कलंकीलाई आधार क्षेत्र बनाएर अवैध असुली, डकैती तथा गुण्डागर्दीम संलग्न जसवन्त राई प्रहरीको फरार सूचीमा रहेका थिए । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई खोजी रहेको थियो ।

    ९ असार ०७३ मा प्रहरीले उनलाई भेट्टायो । बबरमहलमा उनलाई पछ्याउने क्रममा राईले प्रहरीलाई फलामको रडले हाने । प्रहरीले फायरिङ गर्‍याे । उनको घुँडा र तीघ्रामा गोली लाग्यो । र, उनलाई प्रहरीले सकुशल नियन्त्रणमा लिन सफल भयो ।

    बानेश्वरमा मारिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका योजनाकार समिरमान सिंह बस्नेतको नजिकमा रहेर कुनै वेला उनले गुन्डागर्दीलाई बढाएका थिए । उनलाई ज्यान मार्ने उद्योगमा प्रहरीले खोजी गरिरहेको थियो ।

    वीण खत्री: ललिपुरको कुसुन्तीमा २३ साउन ०७४ मा लागूऔषध कारोबारीको आरोप लागेका प्रवीण खत्री प्रहरी इन्काउन्टरमा मारिए । प्रहरीले उनीसँग अवैध हतियार समेत रहेको सुराकी पाएको थियो । र, बिहानैदेखि निगरानी बढाइएको थियो ।

    प्रहरी टोली घरमा आएको चाल पाउनासाथ उनी छतबाट हाम फालेर भाग्न खोजे । सोही क्रममा प्रहरीले उनलाई लक्षित गरेर गोली प्रहार गरियो । गोली लागेर उनी भाग्दाभाग्दै ढले । लगत्तै, उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकहरुले मृत घोषणा गरे । उनको साथबाट दुई वटा अटोमेटिक पेस्तोल समेत बरामद भएको प्रहरीले दाबी गरेको थियो ।

    उनी आफैंसमेत लागूऔषध प्रयोगकर्ता भएको खुेको थियो । उनलाई केही समय सुधार केन्द्रमा समेत राखिएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ