• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    विप्लवसँग ३ बुँदे सहमति भएको २ महिना नबित्दै गृहमन्त्रीले सुरक्षा निकायलाई दिए यस्तो निर्देशन, के हो रहस्य ?

    5.4K
    SHARES

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि निगरानी राख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले शान्तिपूर्ण राजनीतिमा आए पनि नेकपाले अझै हतियार नबुझाएको भन्दै निगरानी राख्न निर्देशन दिएका हुन् ।

    उनले मुलधार बाहिरका शक्तिलाई नियन्त्रणमा गर्न राज्यले ‘प्रशासनिक कारवाही र राजनीतिक संवाद’ को दुई नीति लिएकामा त्यो सफल भएको समेत दाबी गरे। उनले भने, ‘यसअघिका सुरक्षा गोष्ठीमा विप्लव र सिके राउतले उत्पन्न गरेका सुरक्षा चुनौती प्रमुख विषय हुन्थे । यसपटकको गोष्ठीसम्म आइपुग्दा ती विषय गौण बन्न पुगे । हामीले उनीहरुलाई एकातर्फ प्रशासनिक कारवाही गरेर रक्षात्मक अवस्थामा पुर्यायौँ, अर्कोतर्फ वार्ताको माध्यमबाट समस्या समाधान गर्यौँ।’

    गृहमन्त्री थापाको यो भनाइले सरकारले नेकपासङ्ग गरेको तीन बुँदे सहमति इमान्दारिताका साथ कार्यान्वयन गर्नेमा शंका पैदा हुन थालेको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

    तीन बुँदे सहमतिमा नेकपामाथिको प्रतिबन्ध हटाउने, जेल तथा हिरासतमा रहेका नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्ने र उनीहरुमाथि लगाइएक सबै मुद्दाहरु खारेज गर्ने लगायतका बिषय छन् । सरकारले पार्टीमाथि प्रतिबन्ध हटाए पनि जेलमा रहेका नेता कार्यकर्तालाई रिहा गर्ने र उनीहरुमाथि लगाइएक झुट्टा मुद्दा खारेज गर्ने कार्यमा कन्जुस्याई गरिरहेको छ ।

    उल्टै उक्त सहमतिपछि पनि नेकपा नेता कार्यकर्ताहरुको घरमा पक्राउ पुर्जी टास्ने र गिरफ्तार गर्ने क्रम भने जारी राखेको छ । सरकार र नेकपाबीच फागुन २० गते उक्त सहमति भएको थियो भने २१ गते पार्टी महासचिव विप्लव राष्ट्रिय सभागृहमा भएको हस्ताक्षर समारोहमार्फत सार्वजनिक भएका थिए ।

    यस्तो छ तीन बुँदे सहमति
    १) दुबै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं ।

    २) नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा सञ्चालन गर्न सहमत भएको छ ।

    ३) नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, नेपाल कारागारमा रहेका नेता तथा पार्टीका कार्यकर्ता रिहाइ तथा सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ