• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अोली-प्रचण्ड गोप्य छलफलः ५ प्रदेशका मुख्यमन्त्रीमा यसरी भयो सहमति (नामसहित)

    9.7K
    SHARES

    काठमाडौं, १३ माघ ।

    नेकपा एमाले–नेकपा माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको गोप्य छलफलले केहि सहमति गरेको छ ।

    हिजो साँझ भएकाे गोप्य छलफलमा अोली र प्रचण्डले मुख्यमन्त्री र सभामुखको नाम मोटामोटी टुङ्ग्याएकाे स्राेतकाे भनार्इ छ ।

    प्रदेश नम्बर १ र २ बाहेक अन्य ठाउँमा प्रचण्ड र अोलीले मोटामोटी सहमति गरेका हुन् । जसअनुसार प्रदेश नम्बर ३ मा एमालेकी अष्टलक्ष्मी शाक्य, प्रदेश नम्बर ५ मा शंकर पोखरेल, प्रदेश नम्बर ६ मा माओवादीका महेन्द्रबहादुर शाही र प्रदेश नम्बर ७ मा पनि माओवादकीकै वीरमान चौधरी मुख्यमन्त्री बन्ने मोटामोटी सहमति गरेका हुन् । तर प्रदेश नम्बर ४ मा पृथ्वीसुब्बा गुरुङ कि किरण गुरुङ् भन्नेमा अाइतबार टुङ्ग्याउने उच्च स्रोतले जानकारी दिएकाे छ ।

    वाम गठबन्धनको संयुक्त कार्यदलको आइतबार दिउँसो बस्ने बैठकले मुख्यमन्त्री र सभामुखको नाम सार्वजनिक गर्ने बताइएकाे छ । तर गठबन्धनले सोमबार सार्वजनिक गर्नसक्ने पनि स्रोतको भनाइ छ । सभामुखको नाममा पनि सहमति जुटिसकेकाे माअाेवादी केन्द्र उच्च स्राेतले संचारकेन्द्रलाई बताएकाे छ ।

    प्रदेश संसदले सपथ लिईसकेका छन् । केही प्रदेशसभाको पहिलो वैठकको मितिय समेत तय भैसकेको छ । अव बस्ने प्रदेशसभाको वैठकपछि प्रदेश सरकार गठन र सभामुख चयनको प्रक्रिया अगाडि बढनेछ ।

    पार्टी एकतालगायतका विषयमा केन्द्रीय शक्ति बाँडफाँडमा भने कार्यदल अझै औपचारिक रुपमा प्रवेश गरेको छैन । यस विषयमा दुई दलबीच फरक फरक अडान छन् ।

    प्रतिक्रिया