• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    म्यानमारका मिडियाले सेनाबारे गरेको यस्तो खुलासाले हल्लियो विश्व, घर छोडेर भाग्न थाले जनता

    0.9K
    SHARES

    काठमाडौँ। म्यानमारको राजधानी यांगुनमा सुरक्षाकर्मीले एकैदिन ८० जनाभन्दा बढीको ह’त्या गरेको स्थानीय मिडियाहरुले दाबी गरेका छन् ।म्यानमारको एक समाचार आउटलेट तथा ‘असिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनस (एएपीपी)’ नामको संस्थाले यो जानकारी दिएकाे हाे ।

    स्थानीय समाचार एजेन्सी ‘म्यानमार नाउ’ले सैन्य कुविरुद्ध प्रदर्शनमा उत्रिएका ८२ जनाको सुरक्षाकर्मीले ह’त्या गरेको उल्लेख गरेको छ । सेनाले प्रदर्शनकारीमाथि ग्रिनेड बन्दुक प्रयोग गरेको थियो ।

    म्यानमारका स्थानीय मिडियाका रिपोर्टर तथा प्रत्यक्षदर्शीहरुका अनुसार यांगुनको उत्तरपूर्वस्थित बगो शहरमा सुरक्षाकर्मीहरुले शनिबार गरेको ह’त्याको संख्या सुरुमा पत्ता लगाउन सकिएको थिएन । पछि सुरक्षाकर्मीहरुले श’वलाई एकमाथि अर्को खात लगाएर राखेको र त्यसलाई चारैतिरबाट घेरेको देखेको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    म्यानमार नाउका अनुसार सेनाले शुक्रबार बिहानदेखि नै गो’ली चलाउन सुरु गरेको थियो र यो दिउँसोसम्म जारी रह्यो । म्यानमारका सामाजिक सन्जालहरुमा लेखिएअनुसार धेरै व्यक्तिहरु आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन् ।

    एएपीपीका अनुसार सुरक्षाकर्मीबाट मा’रि’एका र गिरफ्तार गरिएकाहरुको दै’निक सूची तयार पार्ने काम भइरहेको छ । सो संस्थाका अनुसार गत फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएयता हालसम्म ६१८ जना प्रदर्शनकारीको ह’त्या भइसकेको छ । यद्यपि म्यानमारको सेनाले भने यो दाबीलाई अस्वीकार गरेको छ ।

    म्यानमारको जुन्ता सरकारका प्रवक्ता मेजर जनरलले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा सेनाको तर्फबाट २४८ जना नागरिक र प्रदर्शनकारीबाट १६ जना प्रहरी मा’रि’एको जानकारी दिएका थिए । उनले प्रदर्शनकारीमाथि कुनै प्रकारको स्वचालित ह’ति’यार प्रयोग नगरिएको दाबीसमेत गरे ।

    गत फेब्रुअरीमा सेनाले म्यानमारको स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको थियो । गत नोभेम्बर महिनामा भएको चुनावमा सुकीको पार्टीले धाँधली गरेर जितेकाले सत्ता हातमा लिएको सेनाको भनाइ छ । म्यानमारको निर्वाचन आयोगले भने चुनावमा धाँधली नभएको बताएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया