• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    रूपन्देहीमा इन्धन खन्याउँदै गर्दा पेट्रोल पम्पमा आगलागी

    204
    SHARES

    रुपन्देही । रूपन्देहीको गैंडहवा गाउँपालिकामा रहेको पेट्रोल पम्पमा आगलागी भएको छ। आगलागीबाट इन्धन बोकेको ट्याङ्कर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीले मानवीय क्षति नभएको र क्षतिको थप विवरण संकलन भइनसकेको बताएको छ ।

    गएराति पौने आठ बजेतिर लागेको आगो लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर र बुटवलका तीनवटा दमकलको प्रयोगबाट राति १० बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

    आयल निगम भलबारीका डिपो प्रमुख प्रलयंकर आचार्यका अनुसार आयल निगमको भैरहवास्थित भलबारी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरेर विभिन्न पेट्रोल पम्पहरुमा पुर्‍याउन गएको त्रिमूर्ति ट्रान्सपोर्टको ट्यांकरमा आगलागी भएको हो ।

    आठ हजार लिटर पेट्रोल आगलागी हुनुभन्दा अघि नै अर्कै डिपोमा खन्याइएको र चार हजार लिटर अभिषेक पेट्रोल पम्पमा खन्याइसक्दा आगो लागेको थियो । उनका अनुसार आगो लाग्दा ट्यांकरमा आठ हजार लिटर पेट्रोल बाँकी थियो । ट्यांकर जलेर नष्ट भए पनि पम्पलाई केही नभएको उनले बताए ।

    आगलागी भएको स्थान भैरहवाबाट ४० किलोमिटर लुम्बिनीतर्फ भित्री क्षेत्रमा पर्दछ । रुपन्देहीमा यसअघि पनि भैरहवास्थित एक पेट्रोलपम्प र नेपाल आयल निगमको भलबारी डिपोमा तेल खन्याउने क्रममा आगलागी भएको थियो ।

    आयल निगम भलबारीका डिपो प्रमुख आचार्यका अनुसार यूरो-६ मापदण्डको तेल निकै पातलो हुने भएकाले पम्पमा खन्याउने क्रममा लिक हुने र यस्ता आगलागीका घटना दोहोरिएको अनुमान गरिएको बताए । यसबारे अध्ययन भइरहेको आचार्यले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ