• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद प्रदेश १

    विराट गोल्डकप- लिग विजेतालाई हराउँदै पन्जाब सेमिफाइनलमा

    205
    SHARES

    विराटनगर । ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबलाई पराजित गर्दै भारतको पन्जाब पुलिस क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    आइतबार राति भएको क्वाटरफाइनल खेलमा पञ्जाबले सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब काठमाडौंलाई २-० ले पराजित गर्यो ।

    खेल सुरू भएको ३९ औं मिनेटमा पन्जाबले राजवीर सिंहको गोलबाट अग्रता लिएको थियो । जगदीप सिंहले दिएको क्रस पासलाई राजवीरले वान टचमै गोल गरे । दोस्रो हाफको ८३ औं मिनेटमा महावीर सिंहले गोल दोब्बर बनाए ।

    मच्छिन्द्रले गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । खेलको २० औं मिनेटमा मच्छिन्द्रका उमेश राईले पेनाल्टी एरिया नजिकैबाट वान भर्सेस वानमा गरेको प्रहार भारतका गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरे । खेलको ५४ औं मिनेटमा पनि मच्छिन्द्रका निशान्त लिम्बुले पेनाल्टी बक्सबाट गरेको प्रहार खेर गयो ।

    खेलको म्यान अफ द म्याच जगदीप सिंह घोषित भए । सोमबारको खेल दुई विभागीय टोली सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच हुनेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ