• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    म्यान्मारमा रोकिएन सैन्य सरकारको दमन, एकै दिन ८० जनाको ह’त्या

    351
    SHARES

    काठमाडौँ। म्यान्मारमा सैन्य सरकारको ज्यादती अझै रोकिएको छैन । फेब्रुअरीमा शासन सत्ता हातमा लिएपछि संकटकाल घोषणा गरेको सैन्य सरकारले दैनिक बढ्दै गएको प्रदर्शनलाई दबाउन गोली चलाउँदै आएको छ ।

    शुक्रबार मात्र यांगुनको नजिक प्रदर्शनकारीहरुमाथि सुरक्षाफौजले गोली चलाउदा कम्तीमा ८० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । म्यानमारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिज्नर्स (आप) ले शुक्रबार मात्र ८० जनाको सेनाको गोली लागेर मृत्यु भएको दाबी गरेको छ ।

    फेब्रुअरी १ मा भएको सैनिक कू पछि म्यानमारमा अहिले सम्म ७०० जना भन्दा बढीको ज्यान गएको विवरणहरू सार्वजनिक भएका छन् । यस्तै उता अफगानिस्तानमा भएका हिंसात्मक घटनाहरुमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको छ ।

    स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरुले शनिबार दिएको जानकारी अनुसार शुक्रबार बिहान भएका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा भएका घटनाहरुमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको विवरण हामीलाई प्राप्त भएको छ, एक सुरक्षा अधिकारीहरुले भने ।

    घटनामा परी मृत्यु भएका मध्ये दुई जना आम नागरिक, २७ जना अफगानीस्तानी राष्ट्रिय सुरक्षा दलका सुरक्षाकर्मी र ६३ जना तालिवान लडाकूहरु रहेको पनि सरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् ।

    घटनामा परेका मध्ये ५१ जना तालिवान लडाकूहरु र सात जना सुरक्षाकर्मीहरु घाइते पनि भएको जनाइएको छ । अफगानिस्तानमा गत करिब चार दशकदेखि द्वन्द्व जारी छ । अमेरिकाले यहाँको सुरक्षा व्यवस्थाको अगुवाई गरिरहेको छ ।

    अफगान सरकारले पनि अमेरिकी नेतृत्वको सुरक्षा व्यवस्थामा तालिबानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ । सन् २००१ मा अमेरिकाले अफगानिस्तानको तालिबान सत्तालाई हटाइदिएको थियो ।

    अफगानिस्तानमा करिब १४ हजार अमेरिकी सेना रहेकोमा अहिले घटाउँदै करिब २५ सयमा झारिएको छ । थप घटाउने की बढाउने भन्ने बारेमा जो बाइडेन नेतृत्वको नयाँ अमेरिकी प्रशासनले अहिले समीक्षा गरिरहेको छ ।

    अफगानिस्तानमा अमेरिकी बाहेक ब्रिटेन, जर्मनी, इटली जस्ता मुलुकबाट समेत हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रहरूले अफगानी फौजलाई सल्लाह र सहायता दिँदै आएका छन् । पछिल्ला वर्षहरुमा सुरक्षाका गम्भीर घटनाहरुमा पनि नेटो सेनाले अफगान सुरक्षाकर्मीलाई नै अघि सार्दै आएको छ । रासस/सिन्ह्वा

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ