• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update अन्तराष्ट्रिय

    अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड १८ लाख नाघ्यो

    414
    SHARES

    काठमाडौँ । अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड १८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६६ हजार ७६४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड १८ लाख ६९ हजार ९८० पुगेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म २ करोड ४४ लाख २३ हजार ५८९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ६८ लाख ७० हजार ७९८ जनामध्ये ९ हजार २१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    यस्तै पछिल्लो मृत्यु हुनेको संख्या ५ लाख ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७४० संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ७५ हजार ५९३ पुगेको छ ।

    यस्तै यता भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा थप ८३९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

    यससँगै भारतमा कोरेनाबाट संक्रमित हुनेको संख्या एक करोड ३३ लाख ५८ नाघेको छ । त्यस्तै एक लाख ६९ हजार २७५ जनाको संक्रमणको कारण मृत्यु भइसकेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ११ लाख नाघेको छ ।

    पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै छत्तीसगढमा १४ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । उत्तर प्रदेशमा १२ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै केरला, कर्नाटक, तामिलनाडु, दिल्ली, गुजरातमा पनि नयाँ संक्रमितको संख्या पाँच हजारभन्दा धेरै छ ।

    भारतमा अहिले कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । गत फेब्रुअरीयता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा छ । पछिल्लो समय मानिसहरुले संक्रमण नियन्त्रणको लागि आवश्यक मापदण्ड पालना नगरेको, चाडपर्व तथा राजनीतिक भेलाजस्ता ठूलो संख्यामा मानिसहरुको भेला हुने कार्यक्रमहरु भएको र कोरोनाको नयाँ प्रकार (भेरियन्ट)को संक्रमणको कारण पनि दोस्रो लहर फैलिएको विशेषज्ञहरुले बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ