• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    घट्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ?

    251
    SHARES

    काठमाडौं । saपहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

    तोलामा ४ सय रुपैयाँले घटेर आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ कायम भएको छ ।

    यसअघि शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँ थियो ।

    शुक्रबार भने सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको थियो । बिहीबार (चैत २६ गते) नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ थियो ।

    आइतबार चाँदीको मूल्य पनि केही घटेको छ । आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँ थियो भने आइतबार तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ