• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विभूषणमा नयाँ नक्सा समावेश नगरेको भन्दै चौतर्फी बिरोध भएपछि गृहले दियो यस्तो स्पष्टीकरण

    439
    SHARES

    काठमाडौं । सरकारले राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरुलाई अब प्रदान गरिने विभूषणमा नेपालको नयाँ नक्सा नै अंकित गर्ने बताएको छ ।

    गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै आगामी वैशाख १ गते हुने सुशोभन समारोहमा वितरण गरिने विभूषणमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा नै राखिने स्पष्ट पारेको हो ।

    शुक्रबार वितरण गरिएको विभूषण गत वैशाख १ मा वितरण गर्नका लागि तयार पारिएको, तर कोरोना महामारीका कारण ढिला गरी वितरण भएकाे गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    शुक्रबार वितरण गरिएका पदक, मानपदवी तथा विभूषणहरुमा पुरानै नक्सा अंकित भएको विषयमा सामाजिक सञ्जाललगायतमा टिप्पणी भएपछि मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्ट पारेकाे हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ