• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद बागमती

    मेयर कप क्रिकेटको उपाधि एपीएफलाई

    260
    SHARES

    ललितपुर । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले लिएको छ ।

    कीर्तिपुर मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको एक सय सात रनको सामान्य लक्ष्य एपीएफले १६ ओभर दुई बलमा मात्रै दुई विकेट गुमाएर भेटायो ।

    एपीएफको जितमा ज्योती पाण्डेले सर्वाधिक ३६ रन बनाइन् भने सीता रानामगरले २७ रनमा आउट भइन् । इन्दू बर्मा १९ र ममता चौधरी १५ रनमा नटआउट रहे ।

    यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले विन्दू रावतको नटआउट ४४ रन मद्दतमा सात विकेट गुमाएर एक सय ६ रन बनाएको थियो । प्रतियोगिताको विजेता एपीएफले ३ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार पाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ