• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    पत्रकार महासंघ ताजा मत परिणाम- अध्यक्षमा विपुल पोखरेलको अग्रता कायमै, कति मतले पछाडि छिन् निर्मल शर्मा ?

    550
    SHARES

    काठमाडौँ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भएको गत बुधबार सम्पन्न निर्वाचनको मतगणना जारी छ ।

    शुक्रबार अवेर राति सार्वजनिक ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मतपरिणाममा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दलनिकट पत्रकार संगठनको गठबन्धनबाट गठबन्धनबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेलले अग्रता कायमै राखेका छन् ।

    उनका निकटम प्रतिस्पर्धी प्रधानमन्त्री ओली निकट प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माभन्दा झन्डै २ हजार मतले अगाडि छन् । पोखरेलले ४ हजार ४ सय ४६ मत ल्याउँदा शर्माले २ हजार ५ सय ३० मत पाएकी छन्।

    यस्तै वरिष्ठ उपाध्यक्षका उम्मेदवार रमेश विष्टले ४ हजार २ सय ७३ मत पाउँदा माधव नेपालको २ हजार ४ सय ३० मत छ । महिला उपाध्यक्षका उम्मेदवार बाला अधिकारीले ४ हजार ६ सय १५ मत प्राप्त गर्दा दाना केसीले २ हजार २ सय ३८ मत ल्याएकी छन्।

    समावेशीतर्फ पनि पोखरेल प्यानलकै उम्मेदवार अगाडि छन् । उदय जीएमले ३ हजार ८ सय ९१ मत र अवधेश झाले २ हजार ३ सय ६७ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    महासचिवका उम्मेदवार रोशन पुरीले ३ हजार ९ सय ८० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी बालकृष्ण बस्नेतले २ हजार ४ सय ९ मत ल्याएका छन् । खुला सचिवमा गोविन्दप्रसाद चौलागाईको ३ हजार ९ सय १५ मत छ भने रामकृष्ण ज्ञवालीले १ हजार ९ सय ३४ मत ल्याएका छन् ।

    कुन पदमा कसको अग्रता ?

    पत्रकार महासंघको निर्वाचन पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको हो । यो निर्वाचनमा अध्यक्षमा विपुल पाखरेल, निर्मला शर्मा र स्वतन्त्र उम्मेदवारका रूपमा गजेन्द्र बुढाथोकी प्रतिस्पर्धामा छन् । तर बुढाथोकी पोखरेल र शर्माभन्दा धेरै पछि छन् ।

    यस्तै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको अध्यक्षमा श्रीजन झा र महासचिवमा टेकबहादुर रोका (टेनिस) निर्वाचित भएका छन् । गत २५ चैतमा सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार झाले १ हजार १ सय ६५ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी रामचन्द्र खड्काले ५ सय ७ मत प्राप्त गरे ।

    उपत्यका समितिको खुला उपाध्यक्षमा विरबहादुर लामाले ९ सय १५ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी विनोद प्रसाद चौलागाईले ६ सय ४४ मत प्राप्त गरे । महिला उपाध्यक्ष रोजिना थापा भने निर्विरोध निर्वाचित बनिन् । महासचिव पदमा १ हजार ५ मत प्राप्त गर्दै टेकबहादुर रोका (टेनिस) निर्वाचित भए भने उनका प्रतिस्पर्धी सविन शर्माले ५ सय ६९ मत प्राप्त गरे ।

    खुल्ला सचिवमा रोशनराज पाण्डेले ८ सय ६९ मत ल्याएर विजयी बन्दा उनका निकटम प्रतिस्पर्धी केदार भट्टराईले ४ सय ५४ मत र कालिका बहादुर महतले २ सय २३ मत प्राप्त गरे । यसैगरी, समावेशी सचिवमा अमर भुजुले ९ सय ४७ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी रञ्जित तामाङले ६ सय ४ मत प्राप्त गरे ।

    कोषाध्यक्षमा भने १ हजार ८९ मत ल्याएर अर्जुन पन्त विजयी बने भने जयराम बास्तोलाले ४ सय ४२ मत प्राप्त गरे । कार्यसमिति सदस्यमा प्रविण श्रेष्ठ, घनश्याम अधिकारी (बैरागी जेठा), माधव प्रसाद घिमिरे, विष्णु कुमार गिरी (विष्णु निश्चल), विधुर ढकाल, रमा कुमारी न्यौपाने, नेत्र प्रसाद न्यौपाने, दिया चन्द, लक्ष्मी गारु, सुशिल दर्नाल, अर्जुन बहादुर तामाङ, रत्नकृष्ण श्रेष्ठ, विनयकुमार महतो, अनिलकुमार गुप्ता निर्वाचित भए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ