• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    आइपीएलको उद्घाटन खेलमा बैंगलोर विजयी

    236
    SHARES
    Rohit Sharma Captain of Mumbai Indians greets Mohammed Siraj of Royal Challengers Bangalore after the match 1 of the Vivo Indian Premier League 2021 between Mumbai Indians and the Royal Challengers Bangalore held at the M. A. Chidambaram Stadium, Chennai on the 9th April 2021.Photo by Faheem Hussain / Sportzpics for IPL

    शुक्रबारदेखि सुरु भएको १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले रोमाञ्चक जित निकालेको छ ।

    शुक्रबार राति चेन्नइमा सम्पन्न खेलमा बैंगलोरले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको हो । रोमाञ्चक खेलमा बैंगलोरका एबी डिविलियर्स​ले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै ग्लेन माक्सवेलले ३९, कप्तान विराट कोहलीले ३३ रनको योगदान दिँदा वासिंगन सुन्दरले १० रनको योगदान दिए । अन्य ब्याट्सम्यान भने खासै चल्न सकेनन् ।

    टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बई टीमले २० ओभरको खेलमा ९ विकेट गुमाएर १५९ रन बनायो । १६० रनको जुन लक्ष्य बैंगलोरले अन्तिम बलमा ८ विकेट खर्चिएर पुरा गरेको हो । मुम्बईको नेतृत्व रोहित शर्माले गरेका छन् भने बैंग्लुरुको नेतृत्व विराट कोहलीले गरेका छन् ।

    यसअघि बैंगलोरले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेका थियो भने तीनै पटक उसले हार ब्यहोरेको थियो । बैंग्लुरु सन् २००९, २०११ र २०१६ मा गरी तीनपटक प्रतियोगिताको फाइनलमा पुगेपनि हालसम्म उपाधिविहीन रहेको छ ।

    यस्तै आजको खेलमा पराजित बनेको मुम्बईले सन् २०१३ मा पहिलो उपाधि जितेको थियो । त्यसपछि रोहितको कप्तानीमा मुम्बईले सबैभन्दा बढी ५ पटक उपाधि जितेको थियो ।

    आजको खेलमा ब्याटिङतर्फ मुम्बईका लागि क्रिस लिनले सर्वाधिक ४९ रन बनाए भने इशास किसानले २८ र कप्तान रोहित शर्माले १९ रन बनाए । यस्तै सूर्य कुमार यादवले ३१ र हार्दिक पाण्डेले १३ रनको योगदान दिँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । आईपीएलको अर्को खेल शनिबार चेन्नइ सुपर किग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ