• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बुढानीलकण्ठमा शुरु भयो तीन दलको बैठक

    326
    SHARES

    काठमाडौं । नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक बुढानीलकण्ठमा शुरु भएको छ ।

    नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुको बैठक शुरु भएको हो । ज‍सपाका नेताहरु ढिला गरी पुगेको हुँदा ३ बजेका लागि बोलाइएको बैठक ढिला गरी मात्र शुरु भएको हो ।

    बैठक अघि जसपाका शीर्ष नेताहरुले आन्तरिक छलफल गरेका थिए । उक्त छलफलपश्चात मात्र उनीहरु देउवा निवास पुगेको स्रोतले जानकारी दिएको हो ।

    बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु निर्धारित समयमै बुढानिलकण्ठ पुगेका थिए ।

    बैठकमा प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी भएको जनाइएको छ । जसपाका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र अशोक राई पनि बैठकका लागि पुगेका छन्।

    सत्तासाझेदारी लगयतका विषयमा छलफल गर्न सभापति देउवाले शुक्रबार दिउँसो ३ बजेका लागि तीन दलको बैठक आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तीन दलबीच गठबन्धन गरेर नयाँ सरकार गठनका लागि छलफल गर्न देउवाले अग्रसरता लिएका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ