• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    पार्कमा बसिरहेका मानिसमाथि अन्धाधुन्ध गो’ली प्रहार, एकको मृत्यु, ६ घाइते

    364
    SHARES

    अमेरिकाको टेक्सासको ब्रायन शहरको एउटा पार्कमा एक व्यक्तिले खुलेआम गोलीबारी गरिदिए । पार्कमा बसेका एक व्यक्तिको मृत्यु भएको छ जबकी अन्य ६ जना घाइते भएका छन् । पार्कमा ठूलो संख्यामा मानिसहरु घुमिरहेका बेला उक्त गो’लीबारी गरिएको हो । प्रहरीले आरोपीलाई हिरासतमा लिएको छ । घटनाको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

    प्रहरीका अनुसार गो’ली’बारीको यो घटना ब्रायन शहरको इन्डष्ट्रियल पार्कमा भएको हो । स्थानीय समयानुसार घटना बिहिबार दिउँसो साढे दुई बजेको हो । प्रहरीले सबै घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरेको हो ।

    अमेरिकामा लगातार भइरहेको गो’ली’बारीको घटनाको विषयमा राष्ट्रपति जो बाइडेन पनि चिन्तित छन् । उनी यसमाथि लगाम लगाउने कोसिसमा जुटिरहेका छन् । बाइडेनले देशमा बन्दुकमार्फत् भइरहेको हिंसालाई महामारीको संज्ञा दिएका छन् । यसलाई रोक्नका लागि हर सम्भव कदम उठाइने उनले जानकारी दिए ।

    एक हप्ता अघि पनि भएको थियो गो’ली’बारी
    अघिल्लो हप्ता अर्थात् ३ अप्रिलमा वासिङ्टन डीसीमा भएको गो’ली’बारीका कारण लकडाउन लगाइएको थियो । यो घटनाका बेला अमेरिकी संसद क्यापिटल हिल इलाकामा दुई प्रहरी अधिकारीको एउटा गाडीलाई ठक्कर पनि दिएको थियो जसमा एक प्रहरी अधिकारीको मृत्यु भएको थियो ।

    कारको ठक्करपछि क्यापिटल कम्प्लेक्सको ब्यारिकेडमा प्रहरीले गोली पनि चलाएको थियो जसमा एक सं’दि’ग्धको पनि मृत्यु भएको थियो । अमेरिकी सरकारको रिपोर्ट अनुसार यस वर्ष हालसम्म ४५५ मानिसहरु गो’ली’बारीमा मा’रिइसकेका छन् ।

    अघिल्लो हप्ता अर्थात् ३ अप्रिलमा वासिङ्टन डीसीमा भएको गोलीबारीका कारण लकडाउन लगाइएको थियो । यो घटनाका बेला अमेरिकी संसद क्यापिटल हिल इलाकामा दुई प्रहरी अधिकारीको एउटा गाडीलाई ठक्कर पनि दिएको थियो जसमा एक प्रहरी अधिकारीको मृत्यु भएको थियो ।

    कारको ठक्करपछि क्यापिटल कम्प्लेक्सको ब्यारिकेडमा प्रहरीले गोली पनि चलाएको थियो जसमा एक संदिग्धको पनि मृत्यु भएको थियो । अमेरिकी सरकारको रिपोर्ट अनुसार यस वर्ष हालसम्म ४५५ मानिसहरु गोलीबारीमा मारिइसकेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ