• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मौसमबारे भर्खरै फेरी आयो यस्तो ताजा जानकारी, अपराह्नपछि कहाँ-कहाँ पर्दैछ पानी ?

    559
    SHARES

    काठमाडौँ । हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको छ। देशको पहाडी भू-भागहरूमा आंशिक बदली बदली रहेको छ ।

    शुक्रबार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी तथा मध्य पहाडी तथा तराइका केही भूभागहरुमा हल्का तुवाँलोसमेत लाग्न सक्ने सम्भावना रहेको छ ।

    शनिबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    आइतबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। देशका पहाडी भू-भागका एक वा दुई ​ स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    चैत्र २७ गते (शुक्रबार)

    दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    चैत्र २८ गते (शनिबार)

    दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । प्रदेश १ का पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ