• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लगायो यस्तो प्रतिबन्ध

    407
    SHARES

    एजेन्सी । भारतबाट आउने यात्रुको प्रवेशलाई अस्थायी रुपमा रोक लगाउने भएको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र बन्दै गएपछि न्युजिल्यान्डले भारतबाट आउने यात्रुको प्रवेशमा रोक लगाउने भएको हो ।

    बिहीबार न्युजिल्यान्डमा थप २३ जनामा कोरोना पुष्टि भएपछि न्युजिल्यनान्डले यो कदम चालेको हो । संक्रमण पुष्टि भएका २३ जनामध्ये १७ जना भारतबाट आएका व्यक्ति थिए ।

    न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनका अनुरा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि झन्डै २ हप्ता भारतबाट आउने यात्रुको प्रवेशमा रोक लगाइनेछ ।

    समाचार संस्था रोयटर्सका अनुसार अप्रिल ११ तारिख दिउँसो ४ बजेदेखि अप्रिल २८ सम्म भारतबाट आउने यात्रुको प्रवेशमा रोक लगाइनेछ । यो अवधिमा भारतमा रहेका न्युजिल्यान्डका नागरिक पनि स्वदेश फर्कन पाउने छैनन् । न्युजिल्यान्डले आफ्नो सीमामा कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रण गरेको दाबी गर्दै आएको छ ।

    त्यस्तै ४० दिनदेखि न्युजिल्यान्डमा समुदायमा संक्रमण नदेखिएको पनि रोयटर्सले जनाएको छ । तर पछिल्लो समय मुलुकबाहिरबाटै संक्रमित भएर फर्किनेको संख्या बढेका बताइएको छ । भारतबाट आउनेहरुमध्ये अधिकांशमा संक्रमण पुष्टि भएको पनि समाचारमा जनाइएको छ ।

    न्युजिल्यान्डले विश्वका अन्य मुलुकको तुलनामा कोरोना रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चालिरहेको छ । उसले परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र उपचारमा विशेष ध्यान दिएको छ । न्युजिल्यान्डमा अहिलेसम्म २ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको छ ।

    यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ लाख २६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाले ६ सय ८४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ करोड २९ लाख नाघेको छ भने १ लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

    भारतमा कोरोनाको स्थिति खराब हुँदै गएको छ । बुधबार भारतमा रेकर्डस्तर १ लाख २६ हजार २५६ मानिसहरु संक्रमित पाइएका छन् । अघिल्लो वर्ष महामारी सुरु भएपछि बुधबार भेटिएका संक्रमित सर्वाधिक हुन् । यसअघि ६ अप्रिलमा एकदिनमा १.१५ लाख मानिस कोरोनाद्वारा संक्रमित पाइएका थिए ।

    यसबाहेक बुधबार ६८४ बिरामीको मृत्यु पनि भएको छ । यसका साथै ५९ हजार १२९ व्यक्ति निको भएका छन् । यससँगै कोरोना संक्रमितको आँकडा अब १.२९ करोड बढी भएको छ । यीमध्ये १.१८ करोड मानिस निको भएका छन् जबकी १.६६ लाख बिरामीको मृत्यु भएको छ । ९ लाख ५ हजार बिरामीको हाल उपचार चलिरहेको छ ।

    खोपले मात्रै रोक्न सक्ने
    डिपार्टमेन्ट अफ साइन्स एण्ड टेक्नोलोजी (डीएसटी) का सेक्रेटरी र भारतका ठूला वैज्ञानिकमा गनिने प्राध्यापक आशुतोष शर्माले कोरोनाको हालको स्थिति पहिलाको तुलनामा अत्यधिक धेरै भएको र यसले मानिसहरुबीच तीब्र गतिमा संक्रमण फैलने बताएका छन् । यसलाई रोक्नका लागि ठूलो परिमाणमा खोप अभियान मात्रै प्रभावकारी हुने उनले बताएका छन् । देशको धेरैजसो जनसंख्यालाई खोप लगाएपछि यसको असर कम हुन थाल्ने उनले जानकारी दिएका छन् ।

    मुम्बईमा खोप लगभग सिद्धिसक्यो
    मुम्बईमा कोरोनाको बढ्दो संक्रमितबीच नयाँ संकट आएको छ । यहाँ खोप लगभग सिद्धिसकेको छ । मुम्बईकी मेयर किशोरी पेडणेकरले भनिन्, ‘मुम्बईमा खोपको स्टक लगभग समाप्त भइसकेको छ । हामीले खोपका सबै डोज सम्पूर्ण अस्पताललाई दिएका छौं । अब हामीसँग एक लाख खोप मात्रै बाँकी छन् । यसबारे हामीले स्वास्थ्य मन्त्री राजेश टोपेलाई पनि जानकारी दिएका छौं । ’

    महाराष्ट्रमा समाप्त हुँदै छ खोपको स्टक
    महाराष्ट्रका प्रमुख सचिव (स्वास्थ्य) प्रदीप व्यासले बुधबार बिहानसम्म राज्यमा करिब १४ लाख भ्याक्सिन डोज दिइएको जानकारी दिए । उनले भने, ‘थुप्रै राज्यमा आज वा भोलिसम्म स्टक समाप्त हुनेछ । केन्द्रलाई यसबारे जानकारी भएको हामीले लिखितमा उनीहरुलाई यसबारे जानकारी दिएका छौं । ’

    उनका अनुसार यदि शेड्युल र भ्याक्सिनको उपलब्धता भएको खण्डमा महाराष्ट्रमा दैनिक निकै सजिलै पाँच लाख खोप प्रदान दिन सकिन्छ । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले पनि राज्यलाई ४० लाख डोज एक हप्तामा आवश्यक भएको बताए । उनले भने, ‘हामीले दिनमा ४–५ लाख मानिसहरुलाई भ्याक्सिन दिइरहेका छौं, यस्तोमा यदि भ्याक्सिन नपाएको खण्डमा ठूलो समस्या निम्तिन सक्छ । हामी सेन्टरको ६ लाख डोज हरेक दिन लगाउने चुनौती स्वीकार गर्न सक्छौं तर भ्याक्सिन हुनु त पर्‍यो नि ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ