• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    कोरोना निको भएकामध्ये एक तिहाइ मान्छेहरुमा देखियो यस्तो गम्भीर समस्या, के भन्छन चिकित्सक ?

    315
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका एक तिहाइ मानिसमा मानसिक तथा मस्तिष्कसम्बन्धी समस्या देखिएको एक अध्ययनले देखाएको छ ।

    द ल्यानसेट साइक्याट्रिक जर्नलमा बुधबार प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमित भएको ६ महिनाभित्र करिब ३४ प्रतिशत मानिसमा मस्तिष्कसम्बन्धी वा मानसिक समस्या देखिएको थियो ।

    यो अध्ययन कोरोना संक्रमणपछि निको भएका दुई लाख २३ हजार व्यक्तिमा गरिएको थियो । समस्या देखिएकामध्ये अधिकांशमा डर–चिन्ताको समस्या देखिएको थियो । १४ प्रतिशतले आफ्नो मनोदशा परिवर्तन भइरहने समस्या देखिएको बताएका थिए भने १३ प्रतिशतले यसअघि कहिले पनि नदेखिएको मानसिक समस्या देखिएको बताएका थिए ।

    यस्तै ०.६ प्रतिशत मानिसमा ब्रेन ह्यामरेज, २.१ प्रतिशतमा हृदयघात, ०.७ लाई डिमेन्सियाको समस्या देखिएको थियो । कोरोनाको असर गम्भीर देखिएका मानिसलाई भने मष्तिष्कको समस्या हुने जोखिम बढी हुने अध्ययनको क्रममा पाइएको छ ।

    यसैबीच चालु वर्ष र आगामी वर्षमा विश्व अर्थतन्त्रमा व्यापक सुधार देखिने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पूर्वानुमान गरेको छ। उसले गत ज्यानुअरी महिनामा गरेको यूके र विश्व अर्थतन्त्र सम्बन्धी पूर्वानुमान परिमार्जन गरेको हो।

    तर ब्रिटेनको अर्थतन्त्र सन् २०२२ को अन्त्यतिर मात्रै कोभिड-१९ महामारी भन्दा अघिको अवस्थामा फर्कने अनुमान गरिएको छ। आईएमएफका अनुसार यूकेमा यो वर्ष ५.३ प्रतिशत वृद्धि देखिने छ भने सन् २०२२मा वृद्धिदर ५.१ प्रतिशत रहने छ।

    दुई वर्षको पूर्वानुमान हेर्दा यूकेको अवस्था सन् २०२० देखि २०२२ का बीच जी-७ राष्ट्रमध्ये एक, इटली भन्दा राम्रो हुने देखिएको छ। यो वर्ष र आगामी वर्ष विश्व अर्थतन्त्रमा भने क्रमशः ६ प्रतिशत र ४.४ प्रतिशत वृद्धि देखिने बताइएको छ।

    पूर्वानुमान बारे एउटा ब्लगमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले स्वास्थ्य अनि आर्थिक सङ्कटबाट बाहिर निस्कने बाटो देखिँदै गएको उल्लेख गरेकी छन्। सन् २०२१मा खोप अभियानले धेरै देशहरूको अवस्थामा सुधार ल्याउन सहयोग गर्ने उनले लेखेकी छन्।

    तर फरक फरक रूपमा सुधार भइरहेको विषय बारे भने उनले चिन्ता व्यक्त गरेकी छन्। खोप वितरणमा सुस्त देखिएका राष्ट्र, अर्थनीतिमा सीमित समर्थन अनि पर्यटनमा आश्रित मुलुकहरूको धेरै राम्रो गर्न सक्ने सम्भावना कम रहेको बताइएको छ।

    यी मध्ये पहिलो दुई विषय विकासशील राष्ट्रहरूका लागि प्रमुख समस्या रहने बताइएको छ। त्यस्ता धेरै मुलुकहरूको खोपमा पहुँच कम छ र उनीहरूलाई अर्थ तथा स्वास्थ्य सम्बन्धी नीतिमा लगानी गर्न कठिन हुनेछ।

    उदीयमान र विकासशील अर्थतन्त्रहरूबीच चीन आर्थिक गतिविधिहरूका हिसाबले पूर्व-महामारीको स्तरमा फर्किसकेको छ। तर उक्त समूहमा रहेका धेरै राष्ट्रहरूले सन् २०२३ अघि त्यस्तो गर्न नसक्ने ठानिएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया