काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट ३ घण्टामा उपलब्ध गराउने भएको छ । प्रयोगशालाले जेनस्पोर्टबाट बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म कोरोना परीक्षण गर्ने प्रयोगशालाका शाखा अधिकृत सबिन सिंह चौधरीले बताए ।
यो सेवाको प्राप्तिका लागि तुरुन्त उपचार गर्नुपर्ने अवस्था मात्रै दिइने छ । ३ घण्टाभित्र कोरोना परीक्षणको रिपोर्ट पाउनका लागि चिकित्सक वा अनिवार्य अस्पतालले सिफारिस गर्नुपर्ने अधिकृत चौधरीले बताए । तर, कोरोनाभाइरस कोभिड—१९ परीक्षणका लागि सरकारले तोकेको शुल्क एक हजार नै लाग्ने छ ।
पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हाल देशभर दुई हजार २०१ संक्रिय संक्रमित छन् ।
कोरोनाविरुद्ध खोपको दोस्रो डोज बैशाख ७ गतेदेखि
कोरोनाभाइरस विरुद्धको खोपको पहिलो मात्रा (डोज) लिएकालाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिइने भएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकालाई दोस्रो डोज दिने निर्णय गरेको हो ।
पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिने बैठकको निर्णय छ । सोहीअनुसार स्वास्थ्य कार्यालयले खोप लगाउने मिति र केन्द्रको सूची प्रकाशित गरेको छ ।
कार्यालयका अनुसार माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो, सोही केन्द्रमा पुगेर खोप लगाउनु पर्ने हुन्छ। खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइने छ।
प्रतिक्रिया