• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    गण्डकी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

    358
    SHARES

    काठमाडौँ । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा गरेका छन् । आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले राजीनामा दिएका हुन् ।

    दुबै मन्त्रीले मुख्यमन्त्री पृथ्बी सुबा गुरुङसमक्ष प्रदेशसभा बैठकमा राजीनामा पत्र बुझाएका हुन् । बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै राजीनामा दिन निर्देशन दिएको थियो ।

    प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री चुमनले तीन वर्षसम्म सरकारमा रहँदा पाएको साथ र सहयोगका लागि मुख्यमन्त्री गुरुङप्रति आभार व्यक्त गरेका छन् ।

    राजीनामा पत्र बुझाउँदै मन्त्री चुमानले फेरि सहकार्यको बाटो खुलोस् भनेका छन् । “हामीले भन्दा पनि माथिबाटै निर्णय भएर राजीनामा बुझाएका हौँ,” मन्त्री चुमानले भने,“हामी अझै पनि सहकार्य गरेर नै अघि बढ्ने वातावरण बनोस् ।” आज माओवादी केन्द्रको संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया