• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    भारतमा पहिलो पटक एकैदिन १ लाख १५ हजार बढीमा कोरोना संक्रमण

    343
    SHARES

    एजेन्सी । भारतमा एकैदिन १ लाख १५ हजार नयाँ संक्रमित भेटिएका छन् । यसका साथै ४ अप्रिलमा भेटिएको १.०३ लाख बिरामीको रेकर्ड तोडिएको छ । पछिल्लो २४ घण्टामा ५९ हजार ७ सय बिरामी निको भएका छन् भने ६ सय ३० को मृत्यु भएको छ ।

    यससँगै सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा २४ घण्टाभित्र सर्वाधिक ५४,७९५ को वृद्धि भएको छ । यसअघि अप्रिल ४ मा ५०,४३८ सक्रिय संक्रमित बढेका थिए । त्यतिबेला यो सबैभन्दा धेरै थियो ।

    नयाँ संक्रमितमा सधैं झैँ सबैभन्दा बढी ५५,४६९ संक्रमित महाराष्ट्रमा भेटिए । ९,९२१ नयाँ संक्रमितसहित छत्तिसगढ दोस्रो नम्बरमा रह्यो । कूल सक्रिय संक्रमितमा पनि यो दुई राज्य शीर्ष २ मा छन् । महाराष्ट्रमा ४.७२ लाख, जबकी छत्तिसगढमा ५२,४४५ बिरामीको उपचार चलिरहेको छ । भारतमा हालसम्म करिब १.२८ करोड मानिस यो महामारीको चपेटमा आइसकेका छन् । यीमध्ये करिब १.१८ करोड निको भएका छन् भने १.६६ लाखले ज्यान गुमाएका छन् ।

    कोरोनाबाट निको भएका तीनमध्ये एक जनालाई देखियो मस्तिष्क/मनोवैज्ञानिकसम्बन्धी समस्या

    कोरोनाभाइरसको संक्रमण भएर निको भएका तीन जनामध्ये एक जनालाई मानसिक र मस्तिष्कसम्बन्धी समस्या देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

    मंगलबार ल्यान्सेन्ट साइकीआट्री जर्नलमा प्रकाशित अध्ययन रिपोर्टमा अनुसन्धानकर्ताहरूले निको भएकाहरूमध्ये ३४ प्रतिशतले संक्रमित भएको ६ महिनाभित्र मस्तिष्कसम्बन्धी/ मानसिक समस्याको उपचार गरेको देखिएको उल्लेख गरेका छन्।

    त्यसमध्ये सबैभन्दा धेरैलाई एन्जाइटी (डर/चिन्ता) भएको छ। कोरोनाबाट निको भएका १७ प्रतिशतलाई एन्जाइटी भएको देखिएको छ भने १४ प्रतिशतलाई मुड (मनोदशा) बदलिरहने समस्या भएको अध्ययनमा उल्लेख छ।

    संक्रमणपछि अस्पताल भर्ना भएर उपचार गरेकाहरूलाई मस्तिष्कसम्बन्धी समस्या जटिल भए पनि घरमै बसेर निको भएकाहरूलाई पनि यो देखिएको छ।

    ‘कोरोनाको असर जति बढी भएको थियो त्यहीअनुसार मानसिक समस्याको असर पनि बढेको छ। अस्पतालमा बसेर निको भएकाहरूमध्ये झन्डै ३९ प्रतिशतसम्मलाई त्यस्तो समस्या देखिएको छ,’ अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता म्याक्सिम टाक्वेटले भने। यो अनुसन्धानबाट देखिएको तथ्यांकले हाम्रो स्वास्थ्य प्रणालीले कोरोना निको भएकालाई कसरी सघाउनु पर्छ भन्ने कुरालाई देखाएको रिपोर्टमा उल्लेख छ।

    ‘हाम्रो अनुसन्धानबाट आएको निष्कर्षले मस्तिष्कसम्बन्धी रोग र मानसिक समस्या अरू फ्लु र श्वासप्रश्वाससम्बन्धी रोग लागेकाहरू भन्दा कोरोना लागेकालाई धेरै हुन्छ भन्ने देखाउँछ। छ महिनापछि उनीहरूलाई के हुन्छ भन्ने अब हेर्नुपर्छ,’ टाक्वेटले भनेका छन्।

    यो अनुसन्धानमा २ लाख ३६ हजार मानिसहरू सहभागी थिए। अनुसन्धानकर्ताहरूले कोरोना निको भएकाहरू र श्वासप्रश्वाससम्बन्धी संक्रमण भएका अन्य बिरामीहरूबीच तुलना गरेका थिए।

    उक्त अध्ययनले कोरोना लागेर निको भएकाहरूलाई अरू फ्लुबाट निको भएकाहरूभन्दा ४४ प्रतिशत बढी मस्तिष्कसम्बन्धी र मानसिक समस्या हुने खतरा हुने देखाएको छ।

    ब्राजिलमा एकैदिन ४ हजारभन्दा बढीको मृत्यु 

    जिलमा गत २४ घण्टामा कोभिड-१९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो पहिलो पटक हो ।

    ब्राजिलमा मंगलबार ४ हजार १९५ जनाले कोभिड–१९ बाट ज्यान गुमाएपछि यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ । कोभिड १९ को कारण ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।

    ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भयानक तनाव खेपिरहेको छ । एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारी विज्ञ एथेल मकिएलले भने, ‘हामी भयानक स्थितिमा छौं, र हामीले कुनै राज्य वा संघीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौं ।’

    देशको जनसंख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका र हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नको लागि एक मात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको उनले बताएका छन् ।

    देशमा चलेको राजनीतिको कारण ब्राजिलका यो स्थिति आएको र ठूलो संख्यामा व्यक्तिहरु ज्यान गुमाउनु परेको विज्ञहरुको भनाई रहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य संकट निम्त्याउनुमा राष्ट्रपति जाइर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ ।

    राष्ट्रपति बोल्सोनारोले अर्को वर्ष फेरि चुनावको लागि तयारी गरेपछि राजनीतिमा उथलपुथलको भएको थियो । गत हप्ता बिदेश, न्याय र रक्षा मन्त्रीहरु राजीनामा गरेपछि नयाँ मन्त्रीहरु नियुक्ति भएका थिए । त्यसैगरी सेनातर्फ सेना, नौसेना र वायुसेना कमाण्डरहरुले राजीनामा गरेपछि नयाँ कमाण्डरहरु फेरिएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया