• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    युवा संगठन नेपाल प्युठानकाे दाेस्राे जिल्ला सम्मेलन सम्पन्न, बसन्तको नेतृत्वमा १७ सदस्यीय समिति गठन

    639
    SHARES

    काठमाडौँ । युवा संगठन नेपाल प्युठानकाे दाेस्राे जिल्ला सम्मेलन आज सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे सहायक संगठन युवा संगठन नेपाल प्युठान सम्मेलन बसन्त नेपालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्माण गर्दै सम्पन्न भएको हाे ।
    सम्मेलनमा ३० जना नेता तथा कार्यकर्ता हरु नेकपा माओवादी केन्द्र , नेकपा ( एमाले) र नेपाली कांग्रेस पार्टी परित्याग गरि विप्लव नेतृत्वको नेकपा सहायक संगठन युवा संगठन नेपालमा प्रवेश गरेका छन् ।

    नेकपा माओवादी केन्द्र मल्लारानी गाउँ पालिका पार्टी सचिव तथा दलित मुक्तिमाेर्चा नेपालका केन्द्रीय सदस्य गाेपिलाल सुनार ( परिवर्तन ) , एमाले निकट युवा संघ प्युठान का नेता बिरवल के. सी. लगायत रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि तथा युवा संगठन नेपाल केन्द्रीय संयाेजक पाटन जंगलीले नव प्रवेसी युवा नेता तथा कार्यकर्ताहरुलाई अविर ल्यापण तथा स्वागत गर्दै आफ्नो पार्टी र पार्टीको सहायक संगठन युवा संगठनमा कत्ति पनि अन्याय नगरी उचित स्थान दिदै व्यवस्थापन गर्ने बताए ।

    प्रमुख अतिथि तथा संगठनका केन्द्रीय संयाेजक जंगलीले नेपालमा संसदीय व्यवस्था असफल भैसकेकाेले अबकाे एकमात्र विकल्प भनेकाे वैज्ञानिक समाजवाद नै भएको बताए। त्यस्तै पार्टीका राप्ती व्यूराे सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज विक्रमले सरकार तीन वुँदे सहमति कार्यान्वयनमा उदासिन देखिएकाे आरोप लगाए।

    उनले भने- ” हाम्रो पार्टी शान्तिपूर्ण राजनितिक गतिविधि गर्न सहमत भैसकेर तीन वुदामा हस्ताक्षर गरेकाे महिनादिन पुग्दा पनि गिरफ्तार नेता कार्यकर्ता काे रिहाइ नगरिनु र नेता कार्यकर्ता माथि लगाईएकाे झुट्टा मुद्दा खारेज नगरिनुले अझै सरकार जिम्मेवार नबनेकाे देखिन्छ ।

    सम्मेलनले बसन्त नेपाली अध्यक्ष , रहेकाे १७ सदस्यीय जिल्ला समिति चयन गरेकाे छ । जस्मा उपाध्यक्ष हरि बस्नेत , सचिव बिरवल के. सी. र काेषाध्यक्ष शिव थापा लगायत रहेका छन् ।

    कार्यक्रममा युवा संगठन नेपाल राप्ती व्युराे ईन्चार्ज तिलक पुन, नेकपा राप्ती व्युराे सदस्य तथा प्युठान का सेक्रेटरी अजय , व्युराे सदस्य वुलेट कार्कि , अखिल क्रान्तिकारी केन्द्रीय सदस्य याङ्क पुन, युवक संघ प्युठानका का. वा. अध्यक्ष कमल पाैडेल लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन हरि बस्नेतले गरेका थिए भने अध्यक्षता बसन्त नेपाली ले गरका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ