• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दिपाश्रीको फेसबुक ह्याक गर्ने १४ वर्षीय किशोर पक्राउ

    705
    SHARES

    काठमाडौं । साइबर ब्युरोले कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय एक बालकलाई सोमबार पक्राउ गरेको छ । प्रहरीले दीपाश्री निरौला, सरोज खनाललगायतका कलाकारको फेसबुक ह्याक गरेको आरोपमा पर्सा बहुदजरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय बालकलाई पर्साबाटै पक्राउ गरेको हो ।

    प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि त्यही जाहेरीको आधारमा प्रहरीले ती बालकलाई पक्राउ गरेको बताए ।

    उनका अनुसार प्रहरीले बालकलाई जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमतिमा जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पर्साबाट पक्राउ गरेको हो ।

    ह्याकर ९ कक्षामा पढ्ने १४ वर्षीय किशोर

    प्रहरीका अनुसार कलाकारहरुको फेसबुक ह्याक गर्ने ह्याकर स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय किशोर रहेका छन् । कम्प्युटर र इन्टरनेटमा चाख राख्ने परिवर्तित नाम बहुदरमाई भएका किशोरले फिसिङ लिंक पठाएर कलाकारको फेसबुक ह्याक गरेका थिए । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ का १४ वर्षीय किशोरलाई जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    के हो फिसिङ लिंक ?

    इन्टरनेटमा फिसिङ लिंकको प्रयोग गरेर साइबर अट्याक गर्ने गरिएको छ । जसका लागि उस्तै अर्को पेज बनाउने, त्यही पेजको लिंक सामाजिक सञ्जाल वा इमेलमा पठाउने र युजरलाई लग इन गर्न लगाउने । अनि जब युजरले आफ्नो युजरनेम र पासवर्ड त्यहाँ हाल्छन्, त्यसलगत्तै उक्त तथ्यांक ह्याकरको पहुँचमा पुग्छ र ह्याकरले त्यही युजरनेम र पासवर्ड प्रयोग गरेर सामाजिक सञ्जाल वा कुनै कम्पनीको एडमिनमा प्रवेश गर्छ । त्यसपछि डाटा चोरी, डाटा डिलिट लगायतका काम ह्याकरले गर्ने गरेका छन् । कलाकारको फेसबुक ह्याक प्रकरणमा पनि फिसिङ लिंक प्रयोग गरिएको र कलाकारकै असावधानीका कारण फेसबुक ह्याक भएको प्रहरीले जनाएको छ ।

    ‘टु फ्याक्टर अथेन्टिफिकेसन प्रयोग गर्नुहोस्’- प्रहरी

    कलाकार लगायत विभिन्न सेलीब्रेटी र उच्चपदस्थ सरकारी कर्मचारीकै फेसबुक ह्याक हुनुमा टु फ्याक्टर अथेन्टिफिकेसन प्रयोगमा नआउनु रहेको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए । उनले भने, ‘यो ह्याकिङ प्रकरणमा पनि उहाँहरुकै असावभानी र टु फ्याक्टर अथेन्टिफिकेसन नहुनु नै प्रमुख कारण हो ।

    फेसबुकमा यदि टु फ्याक्टर अथेन्टिफिकेसन अन गरेको भए नयाँ स्थानबाट फेसबुक खोल्दा नोटिफिकेसन आउँथ्यो र त्यसलाई बन्द गर्न सकिन्थ्यो, त्यही नगर्नाले यो समस्या आएको हो । त्यसकारण म सबैलाई टु फ्याक्टर अथेन्टिफिकेसन याक्टिभ गर्न आग्रह गर्छु ।’

    पक्राउ परेका किशोरमाथि अहिले अनुसन्धान भइरहेको भन्दै किशोर आँफैले कोडिङ सहितको फिसिङ साइट बनाएर ह्याक गरेका हुन् वा अरु कसैले गर्न लगाएको हो, सो बारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ