• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ओलीसँग आत्मसमर्पण गर्दैनौँ- माधवकुमार नेपाल

    262
    SHARES

    काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन् ।

    आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले वडा तहसम्म पार्टीको समानान्तर कमिटी बनाउने र ओलीसँग आत्मसमर्पण नगर्ने बताए । उनले सकारात्मक शक्तिसँग एकताबद्ध भएर अघि बढ्ने पनि बताएका छन् ।

    नेता नेपालले सांसद पद जाने प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट नतर्सिन पनि सांसदहरुलाई सुझाव दिएका छन् । सांसद पद ओलीले संसद् विघटन गर्दा नै गएको र सर्वोच्च अदालतको फैसलाले फर्किएको उनको भनाइ छ ।

    नेता नेपालले अब छिट्टै मध्यावधि चुनाव हुने सुनेको भन्दै ओलीले के–के गर्छन् हेर्न बाँकी रहेको बताए । आफूहरुलाई माओवादीसँग निकट रहेको भन्दै ओलीले इमोशनल ब्ल्याकमेल गरेको नेता नेपालले बताए । उनले पार्टीलाई नयाँ ढंगले एकताबद्ध रुपमा अघि बढाउने पनि स्पष्ट पारे ।

    यसैबीच नेकपा एमालेको नेपाल खनाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ । स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १ सय ७५ सदस्यीय कमिटी घोषणा गरिएको हो । कमिटीको सहसंयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं रहेका छन् ।त्यस्तै, सचिवमा रचना खड्का चयन भएकी छन् । कार्यक्रममा नेता नेपालले १७५ सदस्यीय प्रदेश कमिटीको शपथ ग्रहण गराएका छन् ।

    एमालेको नेपाल खनाल समूहले बागमती प्रदेशअन्तर्गतका १३ जिल्लामा समानान्तर कमिटी पनि बनाएको छ । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित ४ जना नेतालाई पार्टीबाट निलम्बन गरेपछि नेपाल समूहले समानान्तर कमिटी बनाउने रणनीति बनाएको छ । जसअनुसार उक्त समूहले २०७५ जेठ २ गते अघिको कमिटीलाई क्रियाशील बनाइरहेको दाबी गर्दै आएको छ ।

    सबैसँग सहकार्य गरेर अघि बढ्छौँ

    जनमोर्चा नेपाल, नेकपा क्रान्तिकारी माओवादी (वैद्य) समूह तथा लोकतान्त्रिक शक्तिहरूसँग पनि सहकार्यका लागि सल्लाह भइरहेको उनले बताए । ‘हामी सबैसँग एकतावद्ध भएर अघि बढ्छौँ,’ उनले भने ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ