• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कर्णाली प्रदेशका यी तीन मन्त्रीले दिए राजीनामा

    438
    SHARES

    सुर्खेत । एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले सामुहिक रुपमा राजीनामा दिएका छन् । मन्त्रीहरुले मंगलबार सयुक्त राजीनामा दिएका हुन् । राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।

    कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो । सोमबार नै राजीनामा दिने भनिएपनि मन्त्रीहरुले मंगलबार राजीनामा दिएका हुन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो भने चैत ४ गते सो पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

    ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद रहेका छन् । जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ ।

    यस्तै यता एमालेको झलनाथ खनाल-माधव नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको समूहले बल्खुस्थित एक पार्टी प्यालेसबाट बागमति प्रदेशमा शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।

    समितिको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् । सचिवमा रचना खड्का रहेकी छन् । समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने भएको छ ।

    प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते बैठक राखेर केन्द्रीय सदस्य थप गर्ने, महाधिवेशन घोषणा गर्ने लगायतका निर्णय गरेपछि नेपाल–खनाल पक्ष असन्तुष्ट रहँदै आएको थियो ।

    पछि ओलीले पार्टी र नेतृत्व विरोधी गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बित गरेपछि नोपल–खनाल पक्षले ओलीले पार्टी फुटाउन थालेको निष्कर्ष निकाल्दै देशभर समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ